CG Electronics
IME Life
NIMB

एकताको ११ औं महाधिवेशनको लागि एनआरएनएको अपील, यस्ता छन् १२ निर्णय

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ । गैरआवसीय नेपाली संघ ९एनआरएनए० ले एकताको ११ औं महाधिवेशनको अपील गरेको छ । संघले अक्टोबर २०२३ मा हुने महाधिवेशनलाई एकताको महाधिवेशनको लागि तयार रहेको भन्दै त्यसको लागि कार्यदल समेत गठन गरेको छ ।

संघका अध्यक्ष विनोद कुँवर र महासचिव जानकी गुरुङले संयुक्त विज्ञप्ति जारी गरेर सन् २०२२ मा काठमाडौँमा भएको १० औं महाधिवेशनको अन्तिम आएर देखा परेका समस्याको समाधान गर्दै एकताको महाधिवेशनको लागि अपील समेत गरेका छन् ।

१० औं महाधिवेशनको अन्तिममा देखा परेका समस्यालाई समाधान गरेर एकताको ११ औं महाधिवेशन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

“२०२२ मा काठमाडौँमा संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आधिकारिक रुपमा सम्पन्न भएको थियो । तर महाधिवेशनलाई नमान्ने भन्दै केही साथिहरु महाधिवेशन छोडेर केही दिनपछि छुटै महाधिवेशन गर्ने गर्नुभयो ।

उहाँहरुबाट एकताको ११ औं महाधिवेशन संयुक्त रुपमा गर्ने भन्ने कुरा मौखिक रुपमा मात्रै हामीलाई आएको थियो । हामीले संघभित्र आपसी रुपमा घनिभूत रुपमा छलफल गरी १० औ महाधिवेशन समयमा हुन नसक्नुका कारण, विवादको मुललाई सुधार्दै एकताको महाधिवेशनको लागि तयार छौं । एकता नै संघको शक्ति हो भन्ने कुरामा हामी विश्वस्त छौं” जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, विज्ञप्तिमा एकताको महाधिवेशनको विपक्षमा नभएको बताउँदै आधारभूत कुरा छोडेर सम्झौता नगर्ने बताइएको छ ।

संघले एकताको महाधिवेशनको लागि १२ बुँदे निर्णय समेत गरेको छ ।
प्रतिनिधिहरु एकताको महाधिवेशनमा भौतिक रुपमा उपस्थिति हुनुपर्ने, दुबै पक्षका सदस्यता नविकरणको स्पष्ट खुल्नुपर्ने, अनलाइनबाट भोट नगर्ने, दुबै पक्षबाट पारित भएको सम्पूर्ण नियमावलीहरु खारेज हुनुपर्ने, १० औं महाधिवेशनलाई दुबै पक्षले स्वीकार गर्ने, दुबै पक्षको समान संख्यामा प्रतिनिधित्व हुनुपर्ने, दुबै पक्षबाट आएको नेतृत्वलाई समान अधिकार, बन्दसत्र अघि नै दुबै संघको विघटन गर्ने, दुबै पक्षका कार्यसमिति, पदाधिकारी, परिषद् सदस्य, मानार्थ सदस्य, सल्लाहकार मान्य हुने, आवद्ध तथा साझेदार संस्थाहरुमा समान संख्यमा महाधिवेशन समिति बनाउने लगायतका निर्णय पनि संघले गरेको छ ।

त्यसैगरी एकताका महाधिवेशनको लागि कार्यदल समेत गठन गरेको छ । महासचिव जानकी गुरुङको संयोजक रहेको कार्यदलमा उपाध्यक्ष सुरेन्द्र सिग्देल, सचिव कृष्ण केसी, प्रवक्ता प्रकाश धमला, धरम केसी सदस्य रहेका छन् । साथै, संघका गतिविधिहरु नियमित रुपमा संचालन हुने समेत विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...