CG Electronics
IME Life
NIMB

महिन्द्राको एक्सयूभि ३०० ब्रान्डको नयाँ भेरियन्ट बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौंको पानी पोखरीस्थित अग्नी ग्रुप अफ कम्पनीको शोरुममा एम एण्ड एम टिमका नेपाल तथा भूटान प्रमुख चैतन्य कगलकर, नेपालका लागि एम एण्ड कन्ट्री म्यानेजर रुपेश नगर तथा अग्नी गु्रप अफ कम्पनीका कार्यकारी प्रमुख सुसन वैद्यले नयाँ एक्सयूभि ३०० डब्लू ६ टर्बो सपोर्ट (XUV300, W6 TurboSport tm) भैरियन्ट  सार्वजनिक गरेका हुन् । जसले १३० पिएस् (130 PS) पावर र २३० एनएम् (230 Nm) टर्कको साथ बेजोड़ प्रदर्शन प्रदान गर्ने बताइएको छ ।

 

नेपालको लागि महिन्द्रा गाडीहरूको आधिकारिक वितरक अग्नि ग्रुपले बिहिबार एक कार्यक्रम गर्दै एक्सयूवी३०० मोडलको सार्वजनिक गरेको हो ।

अग्नि ग्रुपका अनुसार एक्सयूवी३०० मोडलको गाडी सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ । जसका कारण एक्सयूवी३०० नेपालको सबैभन्दा सुरक्षित सवारी मध्यको एक रहेको पनि बताइएको छ ।

 

एक्सयूवी३०० मा पेट्रोल म्यानुअल इन्जिन र ७ रंग सहित चारवटा भेरियन्टमा उपलब्ध छ । डब्लू ४, डब्लू ६, डब्लू ८ र डब्लू ८ ओ भेरियन्टमा यो गाडी रहेका छ ।

यो गाडीमा जडान भएको शक्तिशाली इन्जिन, उत्कृष्ट सुविधाले गर्दा आकर्षक लुक्स देखिन्छ । जसका कारण आरामदारयी यात्रा गर्न कम्पनीले जनाएको छ । डुअल फ्रन्ट एयरब्याग, इबीडी सहितको एबीएस, रिभर्स पार्किङ सेन्सर र अन्य धेरै सुरक्षा सुविधाहरू एक्सयूवी३०० मा रहेका छन् ।

एक्सयूवी३०० मा १-२ लिटर टर्बो पेट्रोल इन्जिनले ११० पीयस र २०० एनएम टर्क प्रदान गर्ने पनि बताइएको छ । यस गाडीमा ६ स्पीड म्यानुअल गियरबक्स रहेका छन् ।

५ सेकेन्डमा ०-६० किलोमिटर प्रतिघण्टा गतिमा कुद्ने एक्सयूवी३०० टर्बोस्पोर्टको यो गाडी सबै भन्दा छिटो कुद्ने बताइएको छ । जसको मूल्य ४२ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका इन्टरनेशनल अपरेसन प्रमुख सचिन आरोलकरले एक्सयूवी३०० गाडीलाई नेपालमा ल्याउन पाउँदा उत्साहित रहेको बताए ।

‘हामी विश्वस्त छौं, एक्सयूवी३०० को सुविधा र विकल्पहरूको विस्तृत प्याकेज नेपाली उपभोक्ताहरूका लागि एक आकर्षक मूल्य प्रस्ताव हुनेछ, यस गाडीमा यात्रा आरमदायी हुनको साथै यो नेपाली बाटोमा सुहाउँदो छ,’ उनले भने ।

 

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...