Nabil Bank
prabhubank
nic bank

नेपालको गतिलो आम्दानीको स्रोत उर्जा नै हो : अर्थमन्त्री डा. महत

मिडिया स्पेस सोलुसन्स प्रालि

 

 

 

काठमाडौं । उर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । उर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा। महतले उर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन् । सम्मेलन हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

सम्मेलनमा डा। महतले भने, ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो । जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युत थपियो । जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो । ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ ।’

‘ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएका हुन् । निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको छैन, विदेशमा विद्युत निर्यात गर्न थालेको छ । यो हाम्रा लागि खुशीको खबर हो । यसले ऊर्जामा लगानीकर्तालाई आकर्षित समेत गरेको मन्त्री डा। महतको भनाइ थियो ।

मन्त्री डा। महतले भने, ‘नेपालमा उर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु । लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ । सरकारले लगानीको प्राथमिकतामा उर्जालाई लिएको हुनाले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न सरकार तयार छ । लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौं । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले उर्जामा राम्रो भएको छ । नेपालको गतिलो आम्दानीको स्रोत उर्जा नै हो ।’

उनले भने, ‘सरकारले विद्युत भारत निर्यात गर्ने संयन्त्र बनाउने छ । विद्युतका लागि बंगलादेश अर्को ठूलो बजार हो । बंगलादेशसँग विद्युत व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ । विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालका उर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन् । विद्युत उत्पादनमा लगानी गर्न इच्छुक अन्य धेरै कम्पनीहरु पाइपलाइनमा रहेको डा। महतले बताए । उनीहरु मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु ।’

विद्युतीय खपतमा पनि हामी त्यत्तिकै हुन जरुरी रहेको मन्त्री डा। महतले बताए । यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ । घरयासी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत खपत बढाउन सकिने डा। महतको भनाइ थियो ।

 

नेपाल वेयरहाउजिङ्ग कंपनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कंपनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार २२:५९

  काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१,...

सिडिओहरुलाई प्रतिवेदन बुझाएर मात्रै रमाना लिन निर्देशन

सिडिओहरुलाई प्रतिवेदन बुझाएर मात्रै रमाना लिन निर्देशन

वि.सं.२०८१ जेठ ६ आइतवार २२:२८

  काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख...

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी चेम्बरको रणनीतिक योजना

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी...

वि.सं.२०८१ जेठ ६ आइतवार २२:२३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता...

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक...

वि.सं.२०८१ जेठ ६ आइतवार ०८:५०

  सुनसरी, ५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

त्रिभुवन विश्वविद्यालयलाई डिजिटलाइजेसन लान ढिला भइसक्यो : यमन सिंह बोहरा

त्रिभुवन विश्वविद्यालयलाई डिजिटलाइजेसन लान ढिला भइसक्यो :...

वि.सं.२०८१ जेठ ५ शनिवार १६:५८

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहप्रशासक तथा त्रिवि शैक्षिक...

सशस्त्र प्रवक्ताको जिम्मेवारी डिआईजी न्यौपानेलाई

सशस्त्र प्रवक्ताको जिम्मेवारी डिआईजी न्यौपानेलाई

वि.सं.२०८१ जेठ ५ शनिवार १३:०९

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक...