CG Electronics
IME Life
NIMB

बूढीगण्डकी जलाशययुक्त आयोजना तत्काल सुरु गर्न सांसद पाण्डेको माग

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले बूढीगण्डकी जलाशययुक्त आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पाण्डेले सरकारलाई चाँडो भन्दा चाँडो आयोजना सुरु गर्छौ र यति सालभित्र सम्पन्न गर्छौ भनेर प्रतिबद्धता जाहेर गर्नका लागि सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे ।

उनले भने ‘सरकारलाई चाँडो भन्दा चाँडो यो आयोजना सुरु गर्छौ र यति सालभित्र सम्पन्न गर्छौ भनेर बोल्नका लागि सभामुखबाट रुलिङ होस् ।’

 

पाण्डेले आयोजना निर्माणका लागि २ खर्ब ६० अर्ब भए निर्माण हुन सक्ने बताए ।

सरकारले उक्त आयोजनाको लागि पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त शुल्कमार्फत १ खर्ब भन्दा बढी संकलन भइसकेको पनि जानकारी दिए ।

उनले भने ‘ अव २ खर्ब ६० अर्ब भए यो निर्माण हुन सक्छ । सरकारले बूढीगण्डकी जलाशययुक्त आयोजनाका लागि भनेर इन्धनमा कर लगाएर १ खर्ब ५ अर्ब रुपैयाँ उठाइ पनि सकेको छ ।

वार्षिक २५ अर्ब रुपैयाँ तेलबाट उठ्छ । २० प्रतिशत शेयर उठाउँदा ५० अर्ब फेरि शेयरबाट उठ्छ । वर्षको २५ अर्बको स्रोत सुनिश्चित गर्दा यो आयोजना सम्भव हुन सक्छ ।

निर्माण अवधिमा तेलबाटै २ खर्ब रुपैयाँ उठिसक्छ । ’
उनले आयोजनाका लागिसंकलन गरेको रकम सरकारले अन्य कुरामा लगानी गरेकामा असन्तुष्टि व्यक्त गरे ।

सांसद पाण्डेले आयोजना निर्माण भएमा जलविद्युत, पर्यटन र माछा पालनबाट लाखौँ मानिसले रोजगारी पाउने र व्यवसाय पनि गर्न सकिने बताए ।

 

 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...