एनएमबि बैंकले गर्यो ८ मिलियन अमेरिकी डलरको हेजिङ्ग कारोबार
Thursday Apr 20, 2023
वि.सं.२०८० वैशाख ७ बिहीवार २२:१२
काठमाडौं । एनएमबि बैंकले ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापूर्वक हेजिङ्ग कारोबार गरेको छ ।
बैंकले द करेन्सी एक्सचेन्ज फण्ड र एमएफएक्स करेन्सी रिस्क सोलुसन वासिङटन सँगको सहकार्यमा नेपालकै पहिलो हेजिङ्ग कारोवार गर्ने सफल भएका जनाएको छ ।
बैंकको अनुसार नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागि प्रयोग गरिएको हेजिङ्ग उपकरण टीसीएक्सले उपलब्ध गराएको र सो सम्वन्धित कारोबार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो ।
यस हेजिङ्ग कारोबारले बैंकको वित्तीय संयन्त्र विकाश र प्रयोग प्रतिको प्रतिवद्धता दर्शाएको बैंकको भनाइ छ ।
यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देशभरी स्थिरता र सुनिश्च्तिताका साथ वित्तीय कारोबार गर्नका लागि बाटो खुला गरेको र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोबार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्नेमा विश्वस्त रहेकोमा एनएमबि बैंकले जनाएको छ ।
विकाश उन्मुख देशहरुको आर्थिक उन्नत्तीको लागि डेभलपमेन्ट फाइनान्स इन्सटिट्यूसन (डीएफआइएस) हरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ ।
नेपालमा उपलब्ध श्रोत र साधनहरुको कारण केही समयदेखि यस्तो सहयोग प्राप्त गर्ने रोजाईको देश भएको छ । विदेशी यस्ता दातृ निकायहरुबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नत्तीमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।



























