शनिबार गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी प्रतियोगितात्मक गजल महोत्सव गर्ने
Sunday Apr 30, 2023
वि.सं.२०८० वैशाख १७ आइतवार १५:४२
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले वैशाख २३ गते शनिबार राष्ट्रव्यापी प्रतियोगितात्मक गजल महोत्सवको आयोजना गर्ने भएको छ ।
साहित्य, संगीत र कलाको मिश्रणबाट अभिव्यक्त हुने सिर्जना गजलको व्यापकता, यसको मर्म र गहिराईलाई आत्मसाथ गर्दै गजल सिर्जनाको फाँटलाई अझ फराकिलो पार्ने उद्देश्यका साथ गजल महोत्सव गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

प्रतियोगितात्मक गजल महोत्सवका विविध पक्षबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनको आयोजक समितिका संयोजक गोविन्द घिमिरे वेदमणिले एक सय बढी गजलकारहरूको सहभागिताको अपेक्षा गरेको बताए ।
उनले भने ‘ महोत्सवमा कर बाहेक प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ४० हजार रुपैया र तैयो पुरस्कार ३० हजार रुपैया तथा सान्त्वना पाँचजनालाई जनही २० हजार रुपैयाको दरले प्रदान गरिने छ । ’

पहिलो चरणमा चयन गरिएका १०० वटा गजलहरूलाई अन्तिम मूल्याकन गरी ४० वटा छानिने र ती गजलहरू वैशाख २३ गते शनिवार आयोजना गरिने गजल महोत्सवमा पेश गरिनेछन ।
























