मुक्तिनाथको बृहत वित्तीय साक्षरता तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम सम्पन्न
Monday May 01, 2023
वि.सं.२०८० वैशाख १८ सोमवार २२:५४
काठमाडौं । विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन रुपमा मनाउने अभियान सँगै मुक्तिनाथ विकास बैंक लि।ले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु को साथमा शुक्रबार र शनिबारका दिन ग्राहक वित्तीय साक्षरता पुराउन र बैंकिङ्ग सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैला कार्यक्रम को आयोजना भने देशभरका विभिन्न विद्यालयहरुरकलेजहरु, समुदाय केन्द्रहरु तथा अन्य सार्वजजिक स्थलमा गरिएको थियो ।
‘जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ’ भन्ने मुलनारा बोकेको यस बंैक लि।ले आफ्नोे नारालाई मनन् गर्दै यो कार्यक्रम आयोजना गरेको हो । बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन सहित अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनी महानुभावहरुको सहभागिता रहेको थियो । यसरी वित्तीय साक्षरता तथा घर दैलो कार्यक्रम राख्दै बैंकले विद्यार्थीहरु, जनमानस तथा ग्राहकहरुमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थान बाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरुले बैंकिङ्ग सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन सम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।
























