CG Electronics
IME Life
Ncell NPL

दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट आयोजनाको तयारी सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले में ११ देखि १३ सम्म लुम्बिनीमा हुने दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट आयोजनाको तयारी सम्पन्न गरेको छ ।

पर्यटकीय आगमनलाई तीब्र बनाउदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र बुद्ध भूमि लुम्बिनीलाई केन्द्रमा राखेर विश्वभर नेपालको सम्पदा, अध्यात्मिक लगायत पर्यावरणीय साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नाट्टाले जानकारी दिएको छ ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोही मन्त्रालयका सचिवको अध्यक्षतामा गठन गरेको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट मूल आयोजक समितिको सदस्य सचिव एवं कार्यक्रम कार्यान्वयन गर्ने संस्थाका रूपमा नाट्टा रहेको छ । नाट्टाले में ११–१३ का लागि भारत, मलेसिया, चीन, दक्षिण कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायत देशहरूबाट ३५ भन्दा बढी ट्राभल ÷ टूर कम्पनीहरु सहभागी हुने र नेपालवाट पनि सोही संख्यामा ट्राभल ÷ टूर कम्पनीहरु विक्रेताका रूपमा सहभागी गराई कार्यक्रम समेत सञ्चालन गर्ने गरि तयारीको काम टुंग्याइएको जनाइएको छ ।

कार्यक्रमको उद्घाटन लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा मे ११ को दिन विहान ९ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय ट्राभल मार्ट सञ्चालनबाट नेपाली टुर ÷ ट्राभल कम्पनीहरु र होटल व्यवसायीले विदेशी टूर ÷ ट्राभल कम्पनीहरुसंग व्यापार साझेदारी गर्ने संभावना वृद्धि हुने र लुम्बिनीमा विश्वभरका पर्यटक ल्याउन थप मद्धत पुग्ने विश्वास लिइएको छ । त्यसका साथै भैरहवामा सच्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमावस्थलको सच्चालनमा सहयोग पुग्ने विश्वास पनि लिइएको छ ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

वि.सं.२०८३ वैशाख १९ शनिवार १६:०४

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...