CG Electronics
IME Life
Ncell NPL

संविधानसभा सदस्य एवं पत्रकार पुरुषोत्तम बस्नेतको निधन,कांग्रेस शोकमा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । पत्रकार, लेखक एवं साहित्यकार बस्नेतको ७८ बर्षको उमेरमा काठमाडौंस्थित सिफल हाइटमा निधन भएको हो ।

नेपाली काग्रेस केन्द्रीय कार्य समितिका पूर्व आमन्त्रित सदस्य बस्नेतको आजै २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुृम्बुका पूर्व सभापति समेत रहनु भएका बस्नेत हाल जननायक वीपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए ।

लामो समयसम्म नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गरेका बस्नेत ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई जस्ता महत्वपूर्ण कृतिका लेखक पनि हुन् ।
गोरखापत्र संस्थानको पूर्व कार्यकारी अध्यक्ष समेत रहेका बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका थिए । लामो समयसम्म नेपाली कांग्रेसको प्रेस प्रमुख र पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएका थिए ।

नेपाली कांग्रेसको इतिहासका जानकार बस्नेतले राजनीतिक जीवन यात्राका विभिन्न समयमा ९ वर्ष जेल जीवन समेत व्यतित गरेका थिए ।

अत्यन्त शालिन, सादगी र सरल व्यक्तित्वको रुपमा परिचित बस्नेतप्रति सम्मान प्रकट गर्दै बैशाख २९, ३० र ३१ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउनेस बैशाख ३१ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्नेस र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने कार्यक्रम निर्धारण गरिएको छ ।

बस्नेतको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन् — “नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, लेखक, साहित्यकार पुरुषोत्तम बस्नेतको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ ।

उहाँको निधनबाट नेपाली कांग्रेसले बहुआयमिक व्यक्तित्वलाई गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

 

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...