CG Electronics
IME Life
Ncell NPL

स्याङ्जामा बाख्राको दूधबाट पहिलो पटक व्यवसायिक चीज उत्पादन शुरु

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । स्याङ्जाको भीरकोट नगरपालिका ८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन् । दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थाल्नुभएका उनले यसै महिनाबाट चीज उत्पादन सुरु गरेका हुन् ।

गुरुङले दैनिक पाँच लिटर दूधबाट चीज बनाइरेहका छन् । उनको फार्ममा २७ माउ तथा २३ पाठापाठी गरी हाल ५० बाख्रा रहेका छन् । सत्ताइस माउमध्ये अहिले १० वटाले दूध दिने गरेका छन् । भैँसी तथा गाईको दूधबाट चीज बनाइरहेका बेला गुरुङले स्याङ्जामा नै पहिलो पटक बाख्राको दूधबाट चीज उत्पादन थालेका हुन् ।

स्थानीय खरीको माउ र विदेशी सानन जातको बोका बीचमा क्रस गराएर बाख्राको दुध दिने स्तर बढाँउदै दूध उत्पादन गर्ने, उत्पादित दूधबाट चीज र साबुन बनाउने उनको लक्ष्य छ ।

उनी भन्छन्, “ठूला होटलमा बाख्राको दूधबाट बनेको चीजको माग बढी हुने भएकाले उत्पादन थालेको हुँ अब भर्खरै उत्पादन भैरहेको र बिक्री पनि भइरहेको छ, उत्पादन वृद्धि गरे बजारको खोजी गर्नुपर्छ, बजार पनि विस्तारै खोजी गर्दै अघि बढ्छु । बाख्राको दूधबाट चीज बनाउनेसम्बन्धी सीप गुरुङले तनहुँको बन्दीपुरमा सिकेका थिए ।

उले दुई वर्षअघि चीज बनाउने सीप सिकेपश्चात् घरमै प्रयोगात्मक परीक्षण गरेर व्यावसायिक उत्पादन थालेका हुन् । अहिले उत्पादन भएको चीज स्थानीयस्तरमै प्रतिकिलो दुई हजारका दरले बिक्री भइरहेको छ । अब यसलाई गुणस्तर, प्याकेजिङ र ब्राण्डिङ गरी बजार पठाउने तयारीमा समेत गुरुङ रहेका छन् ।

भारतमा रेडियो र टेलिभिजन मर्मत तथा वायरिङसम्बन्धी तालिम लिई काम गर्दै आएका गुरुङले स्वदेशमै फरक ढङ्गको व्यवसाय थाल्ने लक्ष्यसहित घर फर्किएका थिए । बाख्रापालनसम्बन्धी तालिम लिएपछि यसरी जिज बनाउन थालेका हुन् उनले । उनी भन्छन् “मासु तथा पाठापाठी खरिद बिक्री त सबैले गर्छन्, अरुले भन्दा फरक खालको ब्यवसाय गर्ने हुटहुटीले दूधालु सानन जातका बाख्रापालन गर्ने निचोडमा पुगेको हुँ, अहिले राम्रै गरेछु भन्ने लागेको छ ।”

गुरुङले २०७० सालमा १२ ओटा बाख्राबाट यो व्यवसाय थालेका उनले बाख्रा खरिद र खोर निर्माणमा सूरुमा ४ लाख जति लगानी गरेका थिए । नमूना बाख्रा गाउँ अभियानका अभियन्ता तथा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशील अर्यालले समेत बेला बेला उनको फार्ममा अवलोकन गरी आवश्यक परामर्श र प्राविधिक सहयोग गर्ने गरेका छन् ।

शाखा प्रमुख अर्यालका अनुसार चीजको माग पछिल्लो समय बढ्दै गएकाले उत्पादनलाई गुणस्तरयुक्त बनाउनुका साथै वृद्धि गर्नुपर्ने र बाख्राको दूधबाट उत्पादित चीजको बजार मूल्य राम्रो अझै यसलाई स्तरयुक्त उत्पादन गर्न सके बजारको समस्या कहिल्यै पनि नहुने सुझाए ।

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...