CG Electronics
IME Life
Ncell NPL

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सकारात्मक, कार्यान्वयनमा जोड : घरेलु महासंघ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सकारात्मक भएको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले कार्यान्वयनमा जोड दिएको छ ।

 

त्रैमासिक समिक्षामा उल्लेख भए बमोजिम वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्म कूल कर्जा लगानीको ११ प्रतिशत लघु, घरेलु तथा साना र मझौला उद्योगमा लगानी गर्नुपर्ने व्यवस्थाप्रति महासंघले ध्यानाकर्षण गराएको छ ।

२०७९ चैत मसान्तसम्म ९।९ प्रतिशत, विकास बैंकहरुले १६ प्रतिशत लगानी गर्नुपर्नेमा औसत २६ प्रतिशत लगानी गरेको र वित्त कम्पनीहरुले ११ प्रतिशत लगानी गर्नुपर्नेमा औसतमा २२।५ प्रतिशत लगानी गरेको सकारात्मक सूचकहरु भएपनि लघु, घरेलु तथा साना उद्यमीहरुले कर्जा नपाएको गुनासो गरिरहेको सन्दर्भमा उल्लेखित सूचकहरु प्रति महासंघ शंका व्यक्त गरेको छ ।

लघु, घरेलु तथा साना उद्यमीहरुलाई बैंकहरुले सहुलियतपूर्ण कर्जा उपलब्ध नगराएको उद्यमीहरुको व्यापक गुनासो रहेको सन्दर्भमा २०७९ चैत्र मसान्त सम्म एक लाख ४७ हजार ८०७ जना ऋणीलाई सहुलियतपूण कर्जा उपलब्ध गराएको तथ्याङ्क प्रति पनि महासंघको चासो रहेको छ ।

साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको दुई करोड रुपियाँसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकको लागि तोकिएका शर्तहरुको अधीनमा रही २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्थालाई महासंघले सकारात्मक रुपमा लिएको छ ।

कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइने पुनरकर्जा सुविधालाई निरन्तरता दिनु, २०८० जेठ मसान्तसम्म भुक्तानीको भाखा रहेको कर्जाको साँवा÷ब्याज ऋणीले भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था कार्यान्वयन गरिनुलाई सकारात्मक रुपमा लिन सकिने महासंघको भनाई छ ।

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...