CG Electronics
IME Life
Ncell NPL

विद्यार्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नरैनापुर, ३ जेष्ठ । बाँकेको नरैनापुर गाँउपालिका –१ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महतिनियाँमा शैक्षिक सामाग्री वितरण गरिएको छ । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाको सहयोग र देवराली फाउण्डेसनको सहकार्यमा विधालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

बिधालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई एक वर्ष पुग्ने गरी कपि बितरण गरिएको देवराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले जानकारी दिनु भयो ।


विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विद्यार्थीलाई विद्यालयबाट नै नैतिकताको शिक्षा सिकाउन आवश्यक रहेको बताउनु भयो ।

‘सबैभन्दा पहिला शिक्षकबाट नै विद्यार्थीलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘गाउँपालिका भित्र नीति नै बनाएर विद्यालय सुधारको योजना अघि बढाउने तयारीमा छौ ।’

अध्यक्ष शाहले नरैनापुरमा आएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्त्रण गर्नु हुने एनआरएनए र देवराली फाउण्डेशनलाई धन्यबाद दिदै नरैनापुरको शिक्षाको स्तर माथि उकास्न तर्फ भूमिका खेली दिन आग्रह गर्नु भएको थियो ।

 


एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाका अध्यक्ष माधव मरासिनीले हालसम्म शैक्षिक सामग्री नपाएका गरिब बिधार्थीलाई पठन पाठनमा सहजता ल्याउन र शैक्षिकस्तर उकास्न सहयोगस्वरुप देशकै उत्कृष्ट नरैनापुर गाँउपालिकाको वडा नं. १ को विधालयमा शैक्षिक सामग्री उपलब्ध गराइएको बताउनु भयो । उहाँले नरैनापुरको शैक्षिक स्तर माथि उकास्नका लागि भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अधयक्षतामा भएको कार्यक्रममा देवराली फाउण्डेशनका अध्यक्ष भिम पौडेल, विद्यालयका प्रधानध्यापक आयोधिया प्रसाद विश्वकर्मा, वडा सदस्य ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...