CG Electronics
IME Life
NIMB

फुटवेयर विजनेस एक्सपो : १२ सय बढी मोडेलका नेपाली जुत्ता तथा चप्पल उपलब्ध

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । विभिन्न नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरूद्धारा सञ्चालित ‘फुटवेयर विजनेस एक्सपो–२०८०’ले असार भरि चल्ने भएको छ ।

भृकुटीमण्डपमा असार १ गतेदेखि सञ्चालन भइरहेको जुत्ता तथा चप्पल मेला प्रदर्शनीमा उत्साहवद्र्धक स्थिति रहेको उद्योगीहरुले बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा सञ्चालित ‘फुटवेयर विजनेस एक्सपो–२०८०’मा प्रदर्शनीमा रहेका विभिन्न नेपाली जुत्ता तथा चप्पलहरूको बारेमा जानकारी दिइएको छ ।

अधिकांश साना तथा घरेलु उद्योगको रुपमा रहेका नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरुले केही वर्ष अगाडिसम्म नेपाली उत्पादनका जुत्ता भनेपछि नाक खुम्च्याउने उपभोत्ताहरुको मन जित्दै गएर स्वदेशी जुत्ता, चप्पल बजारमा ६० प्रतिशतभन्दा बढी स्थान ओगट्न सफल भएको दाबी उद्योगीहरुको छ ।

ती उद्योगहरूले अहिले उत्साहबद्र्धक स्थिति रहेको र यस्ता अधिकांश नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तुका उद्योगहरु ‘सबैका लागि एक र एकका लागि सबैको’ अवधारणाबाट फुटवेयर उद्योगीहरू संगठित भएको ‘फुटवेयर विजनेस एक्सपो–२०८०’ को आयोजकहरुको भनाइ छ ।

पत्रकार सम्मेलनमा रामकृष्ण प्रसाईंले राष्ट्रियसभा गृहमा पहिलोपटक करिब २०६० सालदेखि जुत्ता चप्पल मेला लगाउन सुरू गरेको स्मरण गराए ।

उनले भने ‘ प्रदर्शनी सुरु हुन थालेपछि जुत्ताको मागअनुसार नेपालमा ६० देखि ६५ प्रतिशत स्वदेशमै उत्पादन हुन थालेको छ, तर कोरोना र अहिलेको आर्थिक मन्दीले फेरि २० वर्ष अगाडिकै अवस्थामा आफूहरू पुगेको छ, ब्यवसायीहरू सबैभन्दा अहिले पीडित भएको हुँदा यो अवस्थामा सबैको माया, सद्भाव र सहयोग चाहिएको छ । ’

यस्तै, फुटवेयर मेनोफेक्चर एशोसिएसन एफ नेपालका उपाध्यक्ष तथा जुत्ताचप्पल ब्यवसायी रूद्रप्रसाद न्यौपानेले वास्तविक जनता, वास्तविक उत्पादक र वास्तविक उद्यमीहरूलाई नकरात्मक असर परिरहेको अवस्थामा आफूहरूले आफ्ना उत्पादनलाई उपोभोक्तासँग खुसी साटासाट गर्ने उद्धेश्यले फुटवेयर मेला सञ्चालन गरेको बताए।

उनले भने ‘ ०७२ सालपछि आफूहरू अप्ठ्यारो अवस्थामा परेको, राज्य संरचना र सम्बन्धित निकायले बुझ्नुपर्ने अवस्थामा सरकारले लगाएको भ्याटले झनै असन्तुष्टि जन्माएको छ, असार १ गतेदेखि जुत्ताचप्पल मेलाको मोडालिटी परिवर्तन गरेर अब महिनाभरी नै चलाउन लागेको छौं ।

यस्तै, जुत्ता चप्पल व्यवसायी सबिन कार्कीले कुनैपनि उत्पादनमा लाग्ने सबै सामग्रीहरू एकै देश र ठाउँ नभइ फरकफरक ठाउँमा बन्ने दाबी गर्दै उनले एयरबस जापानमा बन्दा इन्जिन अमेरिका र पंखा चीनमा बन्नेजस्ता उदाहरण प्रस्तुत गरे।

 

उनले भने ‘ नेपाल जुत्ता निर्माण गर्नका लागि छाला भारत पठाउने र जुत्ता निर्माण भएपछि त्यही जुत्ता नेपाल आउँदा छाला नेपाली हो की भारतीय हो भन्ने प्रश्न उठने गरेको छ, बजारमा पाइने ३ हजारभन्दा कम रकम जुत्ता नेपाली भएपनि उपभोक्ताहरूले नेपाली जुत्तालाई प्रोत्साहन नदिँदा नेपालमै बनेको भएतापनि चीनमा बनेको लेख्नुपर्ने बाध्यता छ ।

पत्रकार सम्मेलनमा शिखर शुज इन्डष्ट्रिजका अध्यक्ष रामकृष्ण प्रसाईं, फुटवेयर बिजनेस एक्सपो २०८० का संयोजक गंगलाल श्रेष्ठ, फुटवेयर मेनोफेक्चर एशोसिएसन एफ नेपालका उपाध्यक्ष रूद्र प्रसाद न्यौपाने, जुत्ता चप्पल ब्यवसायी शविन कार्की, राम पाण्डेलगायका जुत्ता चप्पल ब्यवसायीहरूको उपस्थिति रहेको थियो।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...