CG Electronics
IME Life
NIMB

क्रसर उद्योगीको सरकारलाई १२ दिने अल्टिमेटम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । क्रसर, खानी तथा वालुवा उद्योगीहरुले आफ्ना उद्योग नविकरणका लागि सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्योगीहरुले, २०८० असार १५ गते भित्र नविकरण गर्न मातहतका निकायहरुलाई लिखित स्पष्ट निर्देशन नभए असार १६ गतेदेखि देशभरका क्रसर, खानी तथा वालुवा उद्योगहरुको उत्पादन तथा विक्री वितरण कार्य ठप्प पार्ने चेतावनी दिएका हुन् ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले विगत १० वर्ष देखि नेपाल सरकारबाट जारी भएका अव्यवहारिक निर्णयहरुको कारण निरन्तर उद्योगहरुको नविकरण सम्बन्धी समस्या झेल्दै आएको भन्दै समस्या समाधानका लागि सरकार गम्भिर नभएको बताए ।

उनले भने ‘सरकारले हाम्रो कुरालाई सम्बोधन गरेको खण्डमा हामी सरकारसंग छलफल गछौं । सरकारसंग अभिभावकको भूमिका हामीले महशुस गरेका छौं । उहाँले निजी क्षेत्रका व्यवसायीहरुलाई परेको मर्का सम्बोधन गर्नपर्छ भन्दा सरकारले गरेको खण्डमा हामी सरकारसंग छलफल गर्न तयार छौं ।’

उनले आफूहरु दोहोरो कानूनको मारमा परेको समेत जिकिर गरे ।
उनले भने ‘कच्चा पदार्थ र उद्योगको कानुन २ वटा छ ।

 

स्थानीय निकायको स्थानीय सरकारको कानुन अनुसार ढुङगा, बालुवा, गिट्टीको परिचालन हुन्छ । उद्योग मन्त्रालयको औद्योगीक नियम अनुसार हाम्रा उद्योगहरु सञ्चालन हुन्छ । त्यो उत्खनन्को विषय पनि हामी क्रसरमाथि जोडेर हामीलाई बद्नाम बनाउने काम गरिएको छ ।’

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...