ओली बामदेव वार्ता : ७० बर्षे उमेर हद निलम्बित भएपछि बामदेव गौतम एमालेमा फर्कने सम्भावना बढ्यो
Sunday Jun 18, 2023
वि.सं.२०८० असार ३ आइतवार १८:२७
काठमाडौं । नेकपा एमालेले ७० बर्षे उमेर हद हटाएपछि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम पुनः एमालेमा फर्कने सम्भावना बढेको छ ।
आइतबार एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र गौतमबीच भएको भेटवार्तापछि गौतम पुनः एमालेमा नै फर्कने सम्भावना बढेको हो ।
भेटपछि एमालेका एक सदस्यले भने ‘उहाँहरुबीच झण्डै १ घण्टा ४५ मिनेट छलफल भयो, अध्यक्ष ओलीले पार्टीमा फर्कन गरेको आग्रहलाई गौतमले सकारात्मकरुपमा लिनु भएको छ, गौतमले पद र व्यवस्थापनमा चासो देखाउनु भएको र त्यो ठूलो नभएको ओलीको जवाफ थियो । ’
एमालेले गत जेठ १९ गते बसेको सचिवालय बैठकमार्फत एमाले भित्र रहेको ७० बर्षे उमेर हदको प्रावधान निलम्बन गरेको थियो ।
यो निर्णयपछि आफु पनि उत्साहित भएको प्रतिक्रिया गौतमले दिएका थिए भने मुकुन्द न्यौपानेलगायतक केही नेताहरु एमालेमा फर्किएका थिए ।

























