CG Electronics
IME Life
NIMB

२० मेगावाटको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । साझा पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ । कुमारी बैंक र साझा पावर डेभलपमेन्टबीच मंगलबार वित्तिय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो ।

साझा पावार डेभलपमेन्ट प्रालिको तर्फबाट कम्पनीका अध्यक्ष संजिव न्यौपाने र प्रबन्ध निर्देशक कुबेरमणि नेपाल र बैंकको तर्फबाट परियोजना वित्त पोषण प्रमुख भुषण तण्डुकारले फाइनान्सियल क्लोजरमा हस्ताक्षर गरेका थिए ।

सिन्धुपाल्चोकको बलेफी नदिमा निर्माण हुने २० मेगावाट क्षमताको बलेफी तल्लो खोला जलविद्युत आयोजनामा रिडी पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।

यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको साझा पावार डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले बताए।

बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ सय ४० करोड लगानीमा रहेको छ । जसमा ७५ प्रतिशत कुमारी बैंकले लगानी गर्नेछ । बाँकी २५ प्रतिशत रकम रिडी पावरले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...