CG Electronics
IME Life
NIMB

विश्वकप छनोट : करण केसी प्लेयर अफ द म्याच घोषित, सार्कीको सुझबुझपूर्ण खेलले नेपालको जित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालले अमेरिकामाथि ६ विकेटको जित दर्ता गर्दै आईसीसी एकदिवशीय विश्वकप छनोटमा आफ्नो सम्भावनालाई कायम राखेको छ ।

भीम सार्की र दीपेन्द्र सिंह ऐरीले पाँचौ विकेटका लागि उत्कृष्ठ साझेदारी गर्दै अमेरिकाको चुनौतीलाई सहजै पन्छाउन सफल भए ।
यस अघि करण केसीले शानदार ४ विकेट लिएपछि नेपालले अमेरिकालाई २ सय ७ रनमा रोक्न सफल भएको थियो ।
अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्यलाई नेपाली टोलीले ४३ ओभरको खेलमा पूरा गरेको थियो । नेपालले २ सय ११ रन बनाउँदै जित आप्mनो पक्षमा पारेको थियो ।

पहिलो विकेट गुमेपछि तेस्रो नम्बरमा आएका भीम सार्कीले सानदार ७७ रनको योगदान गरे । उनले ११४ बलको सामना गर्दै ७ चौका र एक छक्काको सहयोगमा ७७ रन जोड

यस्तै यस अघि अमेरिकाको दुई विकेट लिएका दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । उनले ३२ बल खेलेर ५ चौका र एक छक्काको सहयोगमा उक्त रन जोडे । पाँचौ विकेटका लागि सार्की र ऐरीले ७४ रन जोडेका थिए ।

जिम्बाबेविरुद्धको पहिलो खेलमा शतक बनाउन १ रनले चुकेका कुशल भुर्तेल ३९ रन बनाएर बाहिरिदा कप्तान रोहितकुमार पौडेल १६, आशिफ शेखले १२ र कुशल मल्लले १३ रनको योगदान गरे ,

यस अघि प्लेयर अफ द म्याच घोषित केसीले सुरुवातमा नै अमेरिकाको चार विकेट खोसेर विशाल रनतर्फ अग्रसर हुन रोकेका थिए ।

आईसीसी एकदिवशीय विश्वकप छनोट अन्तर्गत जिम्बाव्वेको टाकासिङ्गा स्पोर्ट्स क्लब मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोज्दा व्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।

केसीले ९ ओभर बलिङ गरेर ३ मेडन राख्दै ३३ रन दिएर ४ विकेट लिए । यस्तै दिपेन्द्रसिंह ऐरीले ५ ओभर बलिङ गरेर १५ रन दिइ दुई विकेट लिंदा ललित राजवंशी र गुल्सन झाले समान एक÷एक विकेट लिए ।

जिम्बाबेविरुद्धको पहिलो खेलमा झै अमेरिकाविरुद्धको खेलमा आज पनि सन्दीप लामिछाने महंगो सावित भए । उनले १० ओभर खेल्दा ५८ रन दिए पनि कुनै विकेट लिन सकेनन् । जिम्बाबे टुरमा उनको यो दोस्रो खराब दिन हो ।

अमेरिका लागि सायन जहाँगीरले शतकीय योगदान गरे । उनले आफ्नो टोलीको तर्फबाट सर्वाधिक ८७ रनको योगदान गरे । उनले ७० बलको सामना गरी ९ चौका र ३ छक्काको सहयोगमा रन बनाए । यसपछि प्रारम्भमा आएका सुशान्त मोदानीले ४२ रन बनाए ।
समूह एमा रहेको नेपालले पनि यस जितसहित २ अंक जोडेको छ । अब नेपालले आफ्नो समूहमा रहेका वेष्ट इण्डिज र नेदरल्याण्डसँग खेल्न बाँकी छ ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...