CG Electronics
IME Life
NIMB

नेपाल बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुलाई लघुबीमा कम्पनीहरुको अफर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाएका चार वटा लघु बीमा कम्पनीहरुले सञ्चालनको तयारी गरिरहेका छन् । लघु बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरु तथा सिईओहरुले कम्पनी चलाउन नियामक नेपाल बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुलाई दरिलो अफर गर्न थालेका छन् ।

बीमा प्राधिकरणमा कार्यरत क्षमतावान कर्मचारीहरुलाई धमाधम निजि कम्पनीहरुले दरिलो अफर गरेर लैजाने तयारी गर्दा पनि अर्थमन्त्रालय र अध्यक्ष सूर्य प्रसाद सिलवाल भने मौन रहँदै आएका छन् । नैतिकताको आधारमा नियामक निकायमा काम गरेका कर्मचारीहरुलाई निजि कम्पनीमा जागिर खान जान निश्चित समय कुलिङ पिरियड लाग्ने गर्दछ । बीमा प्राधिकरणले कुलिङ पिरियडको सम्बन्धमा कुनै निर्णय गरेको छैन ।

नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरुलाई निजि कम्पनीमा जागिर खान जानको लागि निश्चित समय कुलिङ पिरियड तोकिएको छ । कुलिङ पिरियड नतोकिँदा प्राधिकरणमा कार्यरत रहेको न्यून संख्याका दक्ष जनशक्ति गुमाउने जोखिम बढेको छ । बीमा प्राधिकरण आफै अहिले जनशक्तिको अभाव खेपिरहेको छ । अभावकै कारण बीमा नियमावली समेत राम्रो बनाउन नसकेको गुनासो चौतर्फी रुपमा उठिरहेको छ ।

नियामकको हिसाबले सबै कुरामा दक्ष कर्मचारीले सम्पन्न हुनुपर्नेमा भएका कर्मचारीहरु समेत धमाधम चुहिँदै जाने अवस्था आउँदा समेत प्राधिकरणले कुनै निर्णय नगरेको चर्चा प्राधिकरणभित्रै चलिरहेको छ ।

 

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...