CG Electronics
IME Life
NIMB

तीन नेपाली शेर्पासहित ७ जनाद्वारा लेलिन पिकको सफल आरोहण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । तीन नेपाली शेर्पासहित सात जनाले किर्गिस्तानको चर्चित लेलिन पिकको सफल आरोह गरेका छन् ।
सोलुखुम्बुका दारिन्जी शेर्पा, मिङ्मा टेन्डी शेर्पा, तेन्जिङ छोतर शेर्पालेसहित पोल्याण्डका दुई, अष्ट्रेलियाका एक र जर्मनीका एक आरोहीले सफलरुपमा किर्गिस्तानकै दोस्रो अग्लो ७ हजार १ सय ३४ मिटरको लेलिन पिकको आरोहण गरेका हुन् ।

उनीहरुले स्थानीय समय अनुसार शनिबार विहान १० बजेर ३० मिनेटमा सफल आरोहण गरेको आरोही दारिन्जी शेर्पाले जानकारी दिए ।
दारिन्जीले यो पिक आरोहण गरेको दोस्रो पटक हो भने मिङ्मा र तेन्जिङले पहिलो पटक आरोहण गरेका हुन् ।

विश्व चर्चित कम्युनिष्ट नेता लेलिनको मूर्तिसमेत रहेको यो पिक किर्गिस्तान र ताजकिस्तानको सिमामा पर्छ ।
७ हजार मिटर भन्दा अग्लो हिमाल ट्रान्स अले हिमालय रेन्जको सबैभन्दा अग्लो यो पिक किर्गिस्तानको दोस्रो अग्लो हिमाल हो ।
तेन्जिङ छोतरले ९ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । त्यस्तै दारिन्जीले पाँच पटक र मिङ्माले तीन पटक सगरमाथा आरोहण गरेको अनुभव छ ।

नेपाली शेर्पाहरु विश्वका विभिन्न हिमाल आरोहणमा सहयोगीको रुपमा समेत पुग्ने गरेका छन् ।
विश्वका आरोहीका लागि नेपाली शेर्पाहरु पहिलो रोजाईमा पर्ने गरेको दारिन्जीको अनुभव छ ।

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...