सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा ‘फाइभ इन वन’ सेवा सार्वजनिक
Saturday Jul 29, 2023
वि.सं.२०८० साउन १३ शनिवार ००:१३
काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा ‘फाइभ इन वन’ सेवा सार्वजनिक गरेको छ।
बैंकका अनुसार सानिमा ‘फाइभ इन वन’ सेवा सानिमा ‘थ्री इन वन’ खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो।
यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको बैंकले जनाएको छ। सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो।
यस सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्वा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाउँछ।
सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो।
सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटीएम सञ्जालहरु रहेका छन्।























