CG Electronics
IME Life
NIMB

सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप गलत हो : शाक्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप गलत हो : शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्या सुन्दर शाक्यले सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप गर्न नुहने बताएका छन् । नवयुग माध्यमिक विद्यालयको ६५औं वार्षिक समारोहमा उनले सामुदायिक विद्यालयहरू समुदायलाई जिम्मा दिनुपर्ने उनको भनाई छ ।

काठमाडौं महानगरपालिकाको असार ३० गते बसेको नगरसभाबाट मेयर बालेन्द्र शाहले सामुदायिक विद्यालयको व्यवस्थापन समिति खारेज गर्ने निर्णय गरेको थियो । विद्यालय व्यवस्थापन समिति भंग गरेर वडाध्यक्षलाई विद्यालयको जिम्मेवारी दिने मेयर बालेनको तयारी छ ।

यसै सन्दर्भमा पूर्वमेयर शाक्यले भने यो निर्णय गलत भएको बताएका हुन् । उनले सामुदायिक विद्यालयमा व्यवस्थापन समिति, शिक्षकलाई विश्वास गरेर विद्यार्थीहरू आउने भन्दै उनले यो निर्णय राजनीतिक हस्तक्षेप भएको बताए । सामुदायिक विद्यालयलाई राजनीतिकभन्दा टाढा छ, भन्ने बनाउनु आजको आवश्यकता भएको उनले बताए ।

महानगरका ३२ वडामा ८९ वटा सामुदायिक विद्यालय छन् । महानगरले भने सामुदायिक विद्यालयको सुधारका लागि व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको छ । महानगरका सामुदायिक विद्यालयहरूलाई मजबुत र व्यवस्थित ढंगले अगाडि बढाउन यो निर्णय सहि हुने महानगरको ठहर छ ।

वडामा ५ जना जनप्रतिनिधि हुने र अध्यक्षले तोकेको व्यक्तिले विद्यालयको नेतृत्व गर्ने महानगरको हिसाव छ । राजनीतिक दलको नेतृत्व गरेर निर्वाचित भएको प्रतिनिधिले विद्यालयको जिम्मेवारी लिँदा जनतामा विद्यालयप्रतिको दृष्टिकोण राजनीतिक मात्र हुने शाक्यको दाबी छ ।

वडा कार्यालयले जनताको अन्य धेरै काम गर्नुपर्ने भएका कारण विद्यालय सञ्चालनमा ध्यान दिन नसक्ने शाक्य बताउँछन् । वडाध्यक्षले विद्यालयको मनिटर गर्ने र विद्यालय सञ्चालन गर्न स्थानीय समुदायलाई नै दिँदा व्यवहारिक निर्णय हुने र विद्यालयप्रति अभिभावकको विश्वास कायम रहने शाक्यको दाबी छ ।

विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद ५ को दफा २७ मा विद्यालयमा विद्यालय व्यवस्थापन समिति रहने उल्लेख छ । २७ (क) मा विद्यालयका अभिभावक र स्थानीय शिक्षाविद् र शिक्षाप्रेमीमध्येबाट चुनिएका एकजना अध्यक्ष हुने व्यवस्था छ । त्यस्तै, सम्बन्धित वडाका वडाध्यक्ष वा वडाध्यक्षले तोकेको व्यक्ति व्यवस्थापन समितिको सदस्य हुने कानूनी व्यवस्था रहेको छ । तर, महानगरले भने वडाध्यक्षलाई नै अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावलाई अहिले ऐनको रूपमा ल्याउने तयारी भइरहको छ ।

सोही ऐनको दफा ३१ मा यदि कुनै पनि विद्यालयका व्यवस्थापन समितिले अनियमितता, गैरकानूनी काम गरेमा, शैक्षिक वातावरण खलबल्याएमा महानगरको शिक्षा विभागको सिफारिसमा विघटन गर्न सक्ने प्रावधान रहेको छ । यदि कुनै सम्बन्धित विद्यालय व्यवस्थापन समितिमा समस्या रहेको खण्डमा कानूनीरूपमै विघटन गर्ने व्यवस्था उल्लेख छ ।

ऐनमा विद्यालय सञ्चालन र व्यवस्थापनको प्रष्ट व्यवस्था र अन्तिम अधिकार महानगरलाई छ । तर, मेयर बालेन्द्रले वडाध्यक्षलाई विद्यालयको अध्यक्ष बनाउने गरी ऐन ल्याउन खोज्नु विद्यालयमाथि बालेन्द्रको ठुलो स्वार्थ लुकेका सरोकारवालाहरूको बुझाइ छ । संघीय सरकारले नयाँ शिक्षा ऐन ल्याउन लागेको समय महानगरको यो निर्णय हतारो र गलत भएको समेत सरोकारवालहरूको भनाई छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...