CG Electronics
IME Life
NIMB

क्वीन्टल सुन प्रकरणमा सरकारकै मिलेमतो हुनसक्ने एमाले अध्यक्ष ओलीको आशंका

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले, क्विन्टल सुन प्रकरणमा सरकारकै मुख्य मान्छेको मिलेमतो रहेको आशंका गरेका छन् ।

 

नेपालगञ्जमा शनिवारदेखि शुरु भएको लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा ओलीले सरकारकै विशेष जिम्मेवारी पाएको व्यक्तिको योजनाबिना यति धेरै सुन भित्र्याउन नसक्ने बताए ।

‘सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो परिणाममा सुन भित्रन सक्दैन’ उनले भने ‘एक दुई वस्तु लिएर आउँदा पटक पटक चेक हुने ठाउँमा कसरी फुत्त आयो, यो सेटिङबिना सम्भव छैन, सरकारले सुनकाण्डमा नैतिक जिम्मेवारी लिनुपर्छ’
सय किलो सुन विना सुइँको छिर्नु चानचुने कुरा नभएको भन्दै ओलीले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्ट जस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनुमा राज्यको संलग्नता देखिएको तर्क गरे ।

यो प्रकरण लुकाउने प्रयासमा सरकार लागेको भन्दै उनले यो सरकारबाट सुशासनको अपेक्षा गर्नै नसकिने दाबी गरे ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिले सम्बन्धको आधारमा गलत काम नर्गन निर्देशन दिए ।

उनले भने ‘एमालेका जनप्रतिनिधिले गलत कार्यमा सिफारिस गर्नु हुन्न आफू बदनाम हुनु भनेको पार्टी बदनाम हुनु हो’
२ दिन चल्ने प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका तीनै तहका ५ सय जनप्रतिनिधिहरूको सहभागि छन् ।

प्रशिक्षणमा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, सचिव गोकर्ण विष्टलगायतका नेताहरू सहभागी छन् ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...