Nabil Bank
prabhubank
nic bank

नाडा अटो शो २०२३ मा सर्वाधिक अटोमोवाइल कम्पनीहरु सहभागी हुने

मिडिया स्पेस सोलुसन्स प्रालि

 

 

काठमाडौं । नाडा अटो एक्सपोमा सहभागी हुने सवै फर्म(कम्पनीरुले समान अवसर प्राप्त गरोस भन्ने उद्धेश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दे आएको छ । स्टल बुकिङ्गका लागि नाडाले यस अघि नै सूचना समेत प्रकाशित गरिसकेको थियो । यस नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोवाइल कम्पनीहरु सहभागी भएका छन् ।

 

प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ । नाडा अटो एक्सपोे २०२०, २०२१ र २०२२ कोभिड महामारी लगायत अन्य विभिन्न कारणहरुबाट आयोजना हुन नसकेको अवस्थामा यस वहुप्रतिक्षित नाडा अटो शो २०२३ मा अटोमोवाइल कम्पनीहरुको अत्यधिक सहभागिता भएको हो भन्ने हाम्रो बुझाई छ ।

दर्शकहरुले यस प्रर्दशनीमा विद्युतिय सवारी साधनहरु लगायत चार बर्ष पछी हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने छन् । खाशगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरटयूव, लुविकेण्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामग्रीहरु सहित कूल ८२ वटा स्टलहरु प्रदर्शनीमा रहने छन् ।

जसमध्ये चारपाँगे्र सवारी साधन १७, दुई पाँगे्र २३ , कमसियल सवारी साधन ६, बैक तथा वितिय निकायहरु ५, स्पेयर पार्टस, टायर लुव्रिकण्टस, कम्पोनेण्ट र एसेसरिज ३१ रहने छन् । स्मरणीय छ, विभिन्न अवरोधहरुका वावजुद पनि नाडाले गत बर्ष भव्यताकासाथ नाडा इभि एक्सपो २०२२ समेत सम्पन गरेको थियो ।

 

विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसाय अव केही चलायमान हुने अपेक्षा समेत राखिएको छ । नेपालको सवैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो एक्सपोको १५ औं संस्करणको नाडा अटो एक्सपो २०२३, यही आउदो २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुदैछ ।

सो प्रदर्शनीमा सहभागी हुने अटोमोवाइल कम्पनीहरुले आफना नयाँ मोडलका सवारी साधनहरुको विक्रीका लागि विभिन्न छुट र सुविधा सहीतका प्याकेजहरु समेत दिने भएकोले यो प्रदर्शनी विगतका प्रदर्शनीहरु भन्दा थप भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने अपेक्षा राखिएको यस प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अरव भन्दा बढीको कारोबार हुने आशा समेत गरिएको छ । त्यसैगरी यस प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एण्ड मेनजमेण्ट सर्विस प्रा।लिले गर्नेछ ।

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:३२

  काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रीको...

विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन : प्रधानन्यायाधीश

विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन...

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:२९

  काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले विधिको शासनको अभावमा...

नेपालको बैंकिङ इन्डस्ट्री उर्जामा लगानी गर्न प्रतिबद्ध छ : अध्यक्ष केसी

नेपालको बैंकिङ इन्डस्ट्री उर्जामा लगानी गर्न प्रतिबद्ध...

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१४

    काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले...

उर्जा उत्पादकसँग दश वर्ष कर नलिने नीति माग

उर्जा उत्पादकसँग दश वर्ष कर नलिने नीति...

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:०९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष...

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन...

वि.सं.२०८१ जेठ ४ शुक्रवार १७:०९

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

भारतसँगको विद्युत सम्झौता कार्यान्वयनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

भारतसँगको विद्युत सम्झौता कार्यान्वयनमा निजी क्षेत्रको भूमिका...

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट १० वर्षमा १० हजार...