CG Electronics
IME Life
NIMB

राष्ट्रिय वाणिज्य बैंकले नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण ऋण दिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण ऋण दिने भएको छ । सो सम्बन्धमा बैंक र नलगाड नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि नगरपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत)अन्र्तगत को कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले कर्णाली प्रदेशमा बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा लगानी गरेको बताए । नलगाड नगरपालिकाका नगर प्रमुख डम्वरबहादुर रावतले नगर क्षेत्र कृषिको पकेट क्षेत्र भएकाले कृषि उत्पादनमा सहयोग पुग्ने बताए । कर्णाली प्रदेशका पूर्व मन्त्री गणेशप्रसाद सिंहले बैंकको सहुुलियतपूर्ण कर्जाले जनताको जीवनस्तर उकास्ने बताए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा बताउँदै उत्पादन, रोजगारी र आय श्रृजना गरी आर्थिक विकासमा योगदान पुर्याइरहेको बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरु सरोज वस्नेत, अच्युत गौतम तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कृषि तथा सामाजिक बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषभ भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’...

वि.सं.२०८३ असार १ सोमवार २३:०३

  काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल...

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया...

वि.सं.२०८३ असार १ सोमवार १५:५९

  विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटन को नेपाल प्रवेशको...