CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे बैंकले पहिलो पटक मोबाईल बैंकिङ्गमा ल्यायो अफलाइन ‘ट्याप एन्ड पे’ सेवा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ ।

नेपाली बैंकिङ क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी यस्तो एप्लिकेसन सुरु गरेको बैंकले बताएको छ ।

टोकनाइजेसनलाई विश्वमै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिका रुपमा लिने गरिन्छ । जसमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ ।

माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पोसमार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

अहिलेलाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने बैंकले बताएको छ । सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने बताइएको छ ।

बैंकले साझेदारी र सहकार्यलाई आत्मासात गर्दै एफवान सफ्ट इन्टरनेसनल प्रालि, नेपाल क्लियरिङ हाउस र सिटीटेक्स प्रालिसँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले टोकनाइजेसनलाई विस्तारै अन्य प्रोडक्ट तथा सर्भिसमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...