CG Electronics
IME Life
NIMB

बंगलादेशीलाई बन्धक बनाएर लाखौँ फिरौती लिएको आरोपमा दुई नेपालीसहित ७ जना पक्राउ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । मलेसिया, पोल्यान्ड र क्रोएसियासहितका देशमा पठाउन भन्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई नेपालीसहित सातजना पक्राउ परेका छन् ।

उपत्यका अनुसन्धान कार्यालय काठमाडौंले पत्रकार सम्मेलनमार्फत ५ जना बंगलादेशी र २ जना नेपालीसहित ७ जनालाई सार्वजनिक गरेको हो ।

 

२ जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा थप ६ जना सहित ८ जना को सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–७ घर भई काठमाडौंको नक्साल भगवतीबहाल बस्ने ३३ वर्षीया रोशीन राई, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई ललितपुरको हरिसिद्धि बस्ने २७ वर्षीया तारा नेपाली पक्राउ परेका छन् ।

त्यस्तै बंगलादेशको ढाका मोभसिङ जिल्ला घर भई हाल काठमाडौंको कपुरधारा बस्ने ३४ वर्षीय जहाङ्गिर आलम, बंगलादेशको ढाका सिलेट जिल्ला जनतापुर घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, बंगलादेशको गाजीपुर जिल्ला घर भई अहिले काठमाडौंको कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर हुसेनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तैगरी बंगलादेशको बरिसाल घर भई हाल ललितुरको हरिसिद्धि बस्ने ३७ वर्षीय मोहम्मद मोसिह्युर रहमानलाई पनि प्रहरीले पक्राउ गरेको छ।
राम्रो काम पाइन्छ, धेरै पैसा कमाई हुन्छ भनेर प्रलोभनमा पार्दै गत असार २८ गते बंगलादेशी नागरिक राजोन, फर्हाद हुसेनलाई असार २८ गते ल्याएर बन्धक बनाएको खुलेको छ ।

पक्राउ परेकाहरुले दुवैजनालाई नयाँ बसपार्कस्थित शुभलक्ष्मी दैलेखी गेस्ट हाउसमा लगेर १० लाख बंगलादेशी टाका लिएर पोल्यान्ड पठाइदिने आश्वासन दिएको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले उक्त रकम दिन नमानेपछि यो गिरोहले ह्वाट्स एपमार्फत बंगलादेशस्थित उनीहरुका परिवारलाई फोन गरेर तत्काल पठाउने भए १० लाख टाका पठाउनु, होइन भने जे पनि गर्छौँ भनेर धम्की दिएको प्रहरीको भनाई छ ।

परिवारले समेत रकम नपठाएपछि ती बंगलादेशीहरुलाई कुपटि गरेको, हप्काएको र यातना दिएको भिडिओ पठाएर धम्की दिएको महानगरी प्रहरी अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

परिवारले १० लाख टाँका पठाइसकेपछि फेरि यो गिरोहले ती दुई बंगलादेशीको परिवारसँग २० लाख टाँकाका लागि बार्गेनिङ गरेका थिए।

 

उनीहरुले आफन्तलाई मारिदिने भन्दै धम्की दिएपछि अर्का बंगलादेशी नागरिक अबु बक सिद्धिकीले काठमाडौंस्थित पर्यटक प्रहरी हुँदै अपराध अनुसन्धान कार्यालयमा उजुरी दर्ता गराएका थिए।

 

 

उनीहरुले विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको प्रहरीले जनाएको छ ।

 

यो गिरोहले बंगलादेशबाट त्यसरी आएका मानिसहरुलाई विदेशको प्रक्रियाका लागि केही समय लाग्छ भनी ८–१० दिनमा होटल फेरेर राख्ने गरेका प्रहरीले जनाएको छ।

त्यसपछि उनीहरुले पीडितहरुलाई सेफ हाउसमा लगेर मोबाइल, पासपोर्ट, साथमा भएको पैसा लगायत कुरा नियन्त्रणमा लिई कुटपिट गरी यातना दिएको भिडिओ बनाउने गरेका थिए।

यी आरोपीहरुले भारतको आधारकार्ड तथा नेपालको नागरिकता समेत लिने गरेको पाइएको छ।

नेपाली महिलाहरुसँग लिभिङ टुगेदरमा बस्ने बस्ने तथा विवाह गरेको भनी ती महिलाहरुको नाममा बैंकमा खाता खोली पैसाको कारोबार गर्ने, जग्गा जमिन तथा सम्पत्ति खरिद गर्ने र कभरका रुपमा विभिन्न पेशा तथा व्यापार व्यवसाय सञ्चालन गर्ने गरेको खुलेको छ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...