CG Electronics
IME Life
Ncell NPL

भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री डा. महत

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बद्लिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गर्नुभयाे । भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले भन्नुभयाे, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’

हाम्रा आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’ राम्रो काम गर्ने कर्मचारी साथीहरु पनि हुनुहुन्छ । यी साथीहरुलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्छ मन्त्री डा. महतको भनाइ छ ।

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले स्पष्ट पार्नुभयो । वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भन्नुभयो, त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौ त्यत्तिकै थन्काइए राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।’

इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री डा. महतले बताउनुभयो । ‘लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुख दिएर काम गर्नुपर्छ भनिएको छैन’ मन्त्री डा. महतले भन्नुभयो, ‘कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौं ।’

साउनमा लक्ष्य ८० प्रतिशत पुग्यो भनिएको छ । गत वर्ष ६० प्रतिशत उठ्यो । हामीले अझ इमान्दार भएर काम गरियो भने सय प्रतिशत नै लक्ष्यमा पुग्न सकिने मन्त्री डा. महतले बताउनुभयो ।

अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ । लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौं, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुने मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यवसायिकता, सम्मान र समर्पित हुनुपर्छ । कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन ।’

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार क्षेत्र जोगाउन ‘सहरी मार्ग’ कायम गर्ने माग

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:३६

  काठमाडौं । वीरगञ्जको ऐतिहासिक पहिचान जोगाउन र मुख्य व्यापारिक...

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:२८

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९ जना पक्राउ

ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१९

  काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय...

कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१५

  बाजुरा । कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक...

आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिन एनएएस–आइटीको सरकारलाई आग्रह

आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिन एनएएस–आइटीको सरकारलाई...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१३

  काठमाडौं । सूचना प्रविधि तथा सफ्टवेयर सेवा क्षेत्रका व्यवसायीहरूले...

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...