CG Electronics
IME Life
Ncell NPL

मेरो अध्यक्ष पदको उम्मेदवारीलाई अधिकांश गैरआवासीय नेपालीको समर्थन रहेको छ – आरके शर्मा,उपाध्यक्ष एनआरएनए

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं ,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद ९एनआरएनए० को आउँदो कार्यकालका लागि अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार शर्मा ९आरके० ले आफुलाई विश्वमा रहेका अधिकांश गैरआवासीय नेपालीहरुको समर्थन रहेकाले आफुलाई पछि हट्ने छुट नभएको बताए ।

जनसवालसँगको कुराकानीमा शर्माले आफू सम्पूर्ण रुपले नेतृत्व हाँक्न सक्षम रहेको भन्दै अव कुनै पनि अवस्थामा पछाडी नहट्ने बताए ।
आफु अध्यक्षका लागि स्वभाविक उम्मेदवार भएको उनले बताए ।

‘मेरो बेला पनि अब उपाध्यक्षबाट अघि जाने बाटो भनेको अध्यक्षमा नै हो,’ शर्माले भने । आफुले आईसिसि सदस्य,मध्यपुर्व संयोजक,सचिव,उपाध्यक्ष भएर संघका विभिन्न जिम्मेवारी पुरा गरिसकेकाले अवको आफ्नो गन्तब्य अध्यक्ष नै भएको बताए ।

अधिकांश गैरआवासीय नेपालीको समर्थन आफूलाई रहेको दावी शर्माको रहेको छ ।

‘म कुनैपनि हालतमा ब्याक हुँदिन । अहिले म एउटा व्यक्ति उठेको होइन मेरो उम्मेदवारी मध्यपुर्वको संयुक्त उम्मेदवार हो । मलाई आम गैरआवासीय नेपालीको साथ र सहयोग छ,’ शर्माले भने, ‘विश्वभरका अधिकांश गैरआवासीय नेपालीको विश्वासलाई मैले कहिलै टुट्न दिन्न ।
विदेशमा रोजगारी गर्ने नेपालीको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू एनआरएनए अध्यक्ष बन्नुपर्ने शर्माको दावी रहेको छ ।

शर्माले छिट्टै औपचारिक रुपमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गर्ने बताए ।
आफूलाई एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो,पुर्व अध्यक्षहरु र एनआरएनए अभियन्ताहरुको पनि समर्थन रहेको शर्माले बताए ।

मलाई मेरा एजेण्डामा विश्वास छ । त्यो एजेण्डालाई एनआरएनएका संस्थापकहरूले पाखा राखेर अरु एजेण्डालाई काखा राख्न कहिँ पनि सक्नुहुन्न्,शर्माले भने, ‘सबै पूर्व अध्यक्षहरूले मध्यपूर्व क्षेत्रको एउटा नेतृत्व हुनुपर्छ भनेर भन्नु भएको छ । एनआरएनएलाई पैसावालको क्लब भनेर लागेको दाग यसपटकबाट मेटाउनुपर्छ भन्ने पक्षमा सबै अभियन्ताहरू हुनुहुन्छ ।

अहिले उपाध्यक्षको जिम्मेवारीमा रहेका शर्मा आउने कार्यकालमा अध्यक्षमा बाजी मार्न विश्व दौडाहमा छन । शर्मा कतार र नेपालमा व्यवसाय गर्छन । उनी सफल ब्यावसायी र समाजसेवी पनि हुन । उनले श्रमिकका मुद्दालाई मुख्य एजेण्डा बनाएका छन ।

हाल मध्यपुर्व,मलेसिया,कोरिया,युरोपमा ३० लाखभन्दा बढी श्रमिकहरु कार्यरत रहेका छन । शर्माले यिनै श्रमिकका मुद्दा र विश्वमा रहेका लाखौ गैर आवासीय नेपालीहरुको मुद्दा ऊठाएका छन ।

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...