CG Electronics
IME Life
Ncell NPL

सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर जानु पर्दैन : प्रधानमन्त्री दाहाल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताएका छन् ।

बुधबार अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले छोटो समयमा ३ लाख श्रमिकहरु यसमा आवद्ध हुनु निकै नै गर्भको कुरा भएको बताए ।

उनले भने ‘ औपचारिक क्षेत्रका निजी संगठित संस्थाबाट सुरु हुँदै वैदेशिक रोजगारका क्षेत्रमा समेत सफल कार्यान्वयन भइसकेको सामाजिक सुरक्षा अभियानको योजनामा आजदेखि ‘अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसमेत जोडिन पुगेका छन् ।

त्यसैले आजको यो शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुने छैनन् भन्ने सन्देश दिएको छ । त्यसअर्थमा आजको दिनलाई श्रमिक अधिकार स्थापनाको एउटा महत्वपूर्ण ऐतिहासिक दिनका रुपमा लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । ’
प्रधानमन्त्री दाहालले सरकार यसको लागि यस्ता कार्यमा अग्रसर रहने प्रतिवद्धता पनि जनाए ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुको हकमा समेत राज्यको योगदानलाई कार्यन्वयनमा ल्याउने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।

‘ औपचारिक क्षेत्रका सबै श्रमिकहरूलाई अनिवार्यरूपमा कोषमा आबद्ध गराउने उद्देश्यले प्रतिष्ठानहरूको दर्ता, नवीकरण, कर प्रणाली, खरिद प्रक्रियामा सहभागिता लगायतका विषयमा नीतिगत समन्वयका लागि पहल गरिने छ। कोषको क्षमता अभिबृद्धि गरी यसको विश्वसनीयता र अपनत्व कायम गर्न सरकारी करार र ज्यालादारीमा रहेका श्रमिकहरूलाई चरणवद्धरुपमा कोषमा आवद्ध गराउने कार्य सुरु गरिनेछ ।

त्यसैगरी अनौपचारिक क्षेत्रका श्रमिकहरूका हकमा समेत राज्यको सह–योगदानलाई कार्यान्वयनमा ल्याउन विषयमा सरकार गम्भीर रहेको र यसका लागि आवश्यक गृहकार्य गरिने प्रतिबद्धता समेत व्यक्त गर्दछु । ’ प्रधानमन्त्री दाहालले भने ।

उनले यसलाई ईतिहासले सुम्पेको गहन जिम्मेवारिको रुपमा लिएको उल्लेख गरेका छन् । सामाजिक सुरक्षा सामान्य अवधारणा मात्र नभई नागरिकले विना भेदभाव शिक्षा सवास्थ्य रोजगारी अवसर सहुलियत र सम्मान प्राप्त गर्ने अवसर निमार्ण गर्दै समाजवाद निमार्णको महाअभियान भएको उनको भनाइ छ ।

सामाजिक सुरक्षाको अवधारणा सामाजिक न्यायबाट वञ्चित उपेक्षित वर्गलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउने एउटा मुख्य रणनीति भएको पनि उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले यही अवधारणाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा समाजका बिभिन्न तह र तप्काको सामाजिक सुरक्षाका लागि कैयन् अभियान सञ्चालनमा रहेका बताए ।

 

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...