CG Electronics
IME Life
Ncell NPL

नेपाल–भियतनाम सिधा उडानका लागि पहल गर्ने राजदूत न्गुयेनको प्रतिवद्धता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले नेपाल र भियतनामबीच सिधा हवाई उडानको सम्भावना रहेको उल्लेख गर्दै यसका निमित्त आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

राजदूत थान हाईको सम्मानमा बुधबार नेपाल भियतनाम चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहे पनि कनेक्टिभिटीको समस्या रहेको धारणा राखे ।

“हामीले भारतका विभिन्न सहरमा सिधा उडान सञ्चालन गरिरहेका छौं र यो अझै विस्तार हुने क्रममा छ,” नेपालका लागि गैरआवासीय राजदूत न्गुयेन थान हाइले भने, “नेपाली पक्षले पनि सिधा उडानका लागि पहल गर्नुपर्छ र हामी आफ्नो तर्फबाट सिधा उडानका लागि प्रयास गर्नेछौं ।”

राजदूत न्गुयेन थान हाइले नेपालको काठमाडौं र लुम्बिनीमा सिधा उडानको सम्भावना रहेको उल्लेख गर्दै उडानसँगै पर्यटन लगायत अन्य क्षेत्रमा सहकार्य विस्तार हुने धारणा राखे । नेपालबाट अष्ट्रेलिया, युरोपलगायत तेस्रो मुलुक जाने पर्यटकलाई पनि भियतनाम ट्रान्जिट भएर जान सहज हुने उनको भनाइ छ ।

यसअघि भियतनामका लागि अवैतनिक वाणिज्यदूत (कन्सुलर) राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी–भियतनाम सिधा उडानको लागि पहल गर्न आग्रह गरेका थिए ।

श्रेष्ठले नेपाली कफी र हस्तकलाको भियतनाम राम्रो बजार बन्नसक्ने भएकाले व्यापारमा सहजीकरणका लागिसमेत राजदूत न्गुयेन थान हाइसँग आग्रह गरे । दुबै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्धलगायत क्षेत्रमा सहयोग आदानप्रदानका लागि कन्सुलर श्रेष्ठको आग्रह थियो ।


कार्यक्रममा नेपाल–भियतनाम चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मल्होत्राले पनि भियतनाममा रहेका बुद्धमार्गीह?लाई लक्षित गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानका लागि पहल गरिदिन राजदूतसमक्ष आग्रह गरेका थिए ।

उनले नेपाल र भियतनामका जनता साँष्कृतिक ?पमा नजिक रहेको उल्लेख गर्दै कनेक्टिभिटी बढाएर सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राखे ।

संघका उपाध्यक्ष सुरेशमान श्रेष्ठले द्विपक्षीय व्यापार, पर्यटन, कृषि, धार्मिक पर्यटनलगायत सम्बन्ध विस्तारले जनता–जनताबीच समेत सम्बन्ध विस्तार हुने धारणा व्यक्त गरे ।

भियतनामसँग कृषि क्षेत्रमा हातेमालो गरेर र बुद्ध धर्मालम्बीलाई बुद्धको जन्मभूमि भित्र्याएर नेपालले लाभ लिनसक्ने उनको भनाइ छ ।

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...