CG Electronics
IME Life
NIMB

‘नेपाल पेट्रोलियम डिलर्स एसोसियसन’ले व्यवसायीको हितमा काम गर्न नसकेको संघको आरोप

NIMB
Himalayan Bank

 

काठमाडौं । पेट्रोलियम व्यवसायीहरुले, ‘नेपाल पेट्रोलियम डिलर्स एसोसियसन’ले व्यवसायीको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केही व्यवसायीले, एसोसियसनको विकल्पको रुपमा पेट्रोलियम व्यवसायी संघ स्थापनाको घोषणासहित व्यवसायीको हितमा काम हुन नसकेको दाबी गरेका हुन् ।

पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष राजेन्द्र गुप्ताले, दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुँदै आएको पेट्रोलियम पदार्थको कारोवार गर्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन’बाट व्यवसायीहरुको हकहितमा काम हुन नसकेपछि नयाँ संस्था मार्फत कारोबार शुरु गरिएको जिकिर गरे ।

उनले भने, ‘दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुँदै आएको पेट्रोलियम पदार्थको कारोवार गर्ने, नेपाल आयल निगमका देशभरका आधिकारीक विक्रेताहरुको छाता संगठन’ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबाट व्यवसायीहरुको हकहितमा काम हुन नसकेपछि हामीले नयाँ संस्था बनायौ ।’

उनले संस्थागत हित, पारदर्शिता, आफ्ना सदस्यहरुको संरक्षण र सम्र्बद्धनमा काम गर्न नसकेपछि संस्थामा विद्रोह हुने भन्दै नेतृत्वले समय सापेक्ष काम नगर्ने र उत्तरदायित्वबाट पन्छिने बाटो खोज्न थालेपनि विकल्प खोजिएको तर्क गरे ।

संघले, वर्षौदेखि एसोसियसनका पदाधिकारीले बीमा कम्पनीको मिलेमतोमा रकम अपचलन गरेको आरोप लगाएको छ । त्यस्तै संघले अब आफूहरुले बीमालगायतका विभिन्न क्षेत्रमा भएका समस्या समाधानका लागि प्रयास गर्ने दाबी गरेको छ ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...