CG Electronics
IME Life
NIMB

वाणिज्य नीति २०७२ परिमार्जन गर्ने तयारी, आयातमा भन्दा आन्तरिक उत्पादनको बजारीकरणमा जोड दिन मन्त्री रिजालको आग्रह

NIMB
Himalayan Bank

 

 

पर्सा । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रि रमेश रिजालले पछिल्लो समय व्यापारिहरु खाद्यान्न समेत आयात गर्न अग्रसर देखिएको बताउँदै स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिन आग्रह गर्नु गर्नु भएको छ ।

मन्त्रि रिजालले उद्योग ब्यवसायले गति नलिएसम्म आर्थिक रुपान्तरण हुन नसक्ने बताउनु हुदै यसले मुलुक समृद्धीको बाटोमा लम्कीन नसक्ने बताउनु बताउनु भयो । मन्त्री रिजालले आईतबार बीरगन्जमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले आयोजना गरेको बाणिज्य नीति मस्यौदाका सम्बन्धमा मघेस प्रदेश स्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गदैँ यस्तो बताउनु भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्तरिक आपूर्ति तथा मूल्य शृंखला सुदृढ तुल्याउने उद्देश्यले वाणिज्य नीति २०७२ लाई समसामयिक परिमार्जन गर्ने तयारी थालेको छ । यस्तै, मन्त्रालयले वाणिज्य नीति मार्फत बजार विकास गर्ने, मूल्य श्रृंखलासँग लाभदायी सम्बन्ध गाँस्ने र प्राथमिक उत्पादकदेखि अन्तिम उपाभोक्तासम्म वस्तु तथा सेवाको प्रवाह लागत–प्रभावी बनाउनेगरी नीति परिमार्जन गर्न लागेको हो ।

मन्त्राललयले नयाँ वाणिज्य नीति २०८०को मस्यौदा तयार गरि सरोकारवालाहरुसँग छलफल अगाडि बढाएको हो । मन्त्रालयले वाणिज्य नीतिको मस्यौदा सम्बन्धमा प्रदेश स्तरीय छलफलको क्रममा मधेश प्रदेशको वीरगंजमा छलफल गरेको हो । छलफलमा मन्त्री रिजालले स्थिर सरकार नबन्दासम्म उद्योग वाणिज्य क्षेत्रमा देखिएका अहिलेका समस्या समाधान गर्न कठिनाई हुने बताउनु भयो । पछिल्लो समय व्यापारिहरु खाद्यान्न समेत आयात गर्न अग्रसर देखिएको बताउँनु हुदै मन्त्री रिजालले स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिन आग्रह गर्नुभयो ।

मन्त्री रिजालले परिस्थिति बस मुलुकले राजनीतिक रुपमा धेरै उतारचढाव हेरी सकेकोले अबका दिन आर्थिक बिकास र निमार्णको रुपमा अघि बढनुपर्नेमा जोड दिनुभयो । सरकारले उद्योग ब्यापार गर्ने होईन सहजिकरणसम्म गरि दिने हो भन्नु हुदै मन्त्रि रिजालले उद्योग ब्यापार नीजि क्षेत्रले नै गर्ने हो र जसका लागि सहजिकरण गर्न सरकार तैयार रहेको बताउनु भयो । सरकारका तर्फबाट हुने सक्ने सबै प्रकारको सहयोग र सहकार्य गर्न सरकार तैयार रहेको स्पष्ट पार्नु हुदै मन्त्रि रिजालले दुबिधामा नपर्न आग्रह गर्नुभयो ।

उद्योगि ब्यापारी माथि शङ्का उपशङ्का एंव नकारात्मक दृष्टिीकोणले हेर्नेहरुलाई ब्यवसायीहरुले ब्यापार गरेर सहज रुपमा पैसा कमाउनु भन्दा मेहनत गरेर राष्ट्रलाई सहयोग गर्न समेत मन्त्रि रिजालले सुझाव दिनु भयो ।

त्यसगरी उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव मधुकुमार मरासनिले मुलुकको स्रोत साधन र कृषि क्षेत्रको उपयोग गर्ने गरि पुर्वाधारको क्षेत्रमा सरकारले समुचित ध्यान नदिएकोले आयातले प्रोत्साहन पाएको बताउनु भयो । आयातलाई निरुत्साहित गर्दै उत्पादनमा सुधार गर्दै कृषि उपजका सामग्रिले प्रोत्साहन पाउने गरि बाणिज्य नीति बनाउन सातै प्रदेशमा छलफल कार्यक्रम राखिएको जानकारी दिनुभयो ।
छलफलमा वाणिज्य नीतिले आन्तरिक तथा वैदेशिक व्यापार दुवैलाई ध्यान दिई व्यापारलाई प्रभाव पार्ने तत्वहरुको सुक्ष्म विश्लेषण गरी व्यापारको माध्यमवाट आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण जस्ता विषयमा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिए । एकपटक तर्जुमा भएको वाणिज्य नीतिले मुलुकभित्र हुने राजनैतिक, शासकीय र कानुनी परिवर्तन, अन्तराष्ट्रिय रुपमा घटने घटनाक्रम, आर्थिक, सामाजिक तथा प्राविधिक क्षेत्रमा हुने परिवर्तन र उपभोक्ताको रुचीमा हुने परिवर्तनलाई समेटन नसक्ने भएकाले ती परिवर्तनलाई आत्मसात गर्दै नीतिको समयानुकुल परिमार्जन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपालमा विगतमा तर्जुमा भएका वाणिज्य नीतिले आन्तरिक व्यापार भन्दा अन्तर्राष्ट्रिय व्यापार र सेवा निर्यात भन्दा वस्तु निर्यातलाई धेरै जोड दिएको भन्दै मन्त्रालयले नयाँ नीति अवलम्बन गर्न लागेको हो । मन्त्रालयले वाणिज्य नीतिको प्राथमिक दृष्टिकोण सक्षम, कुशल र प्रभावकारी आन्तरिक आपूर्ति तथा मूल्य शृंखला निर्माण गर्दै क्षेत्रीय तथा वैश्विक मुल्य शृंखलामा व्यापारको माध्यमबाट लाभदायी सम्बन्ध स्थापित गर्नेमा जोड दिएको छ ।

बदलिँदो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिवेश, कोभिड महामारी, अतिकम विकसित मुलुकवाट स्तरोन्नति, संवैधानिक, नीतिगत तथा कानूनी प्रावधानमा भएका परिवर्तन समेतलाई ध्यान दिई विद्यमान वाणिज्य नीतिमा समयानुकुल परिमार्जन गर्दै नयाँ वाणिज्य नीति तर्जुमा गर्नुपर्नेमा मन्त्रालयको जोड छ ।

र्कायक्रममा मघेस प्रदेशका उद्योग बाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी, बीरगनज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह,
पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको सहभागिता रहेको थियो । त्यसैगरी, मघेस प्रदेशका उद्योग बाणिज्य सङघका अध्यक्ष अशोक टेमानी, प्रदेश नीति आयोगका सदस्य हरिशंकर साह, बीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल पटवारी, बरिष्ठ उपाध्यक्ष हरि गौतम, जितपुर सिमरा उद्योग बाणिज्य सङ्का अध्यक्ष मोहन शर्मा लगायतले आ(आफना धारणा खाख्नु भएको थियो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...