CG Electronics
IME Life
NIMB

देशको आवश्यकताले ब्रिटिस–गोर्खा बनेकाले नेपाली नागरिकता दिनुपर्छ : वक्ताहरु

NIMB
Himalayan Bank

 

 

काठमाडौं । ब्रिटिस–गोर्खा तत्कालिन् आवश्यकता र राज्यस्तरको सम्झौता अनुसार बनेकाले नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने वक्ताहरुले बताएका छन् ।

शुक्रबार संवाद डबलीमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान युके÷नेपाल ९विजीएनसीसीसी०ले ‘नागरिकता निरन्तरता किन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले सो धारणा राखेका हुन् ।

प्रा।डा।सुरेन्द्र केसीले ब्रिटिस–गोर्खा बनेको समयदेखि अहिलेसम्मका नेपाली शासकहरुको कारण ब्रिटिस गोर्खा सैनिकहरु अन्यायमा परेको जिकिर गरे ।

प्रा।डा। केसीले एनआरएन र गोर्खाहरुलाई नागरिकता दिने कुरामा एउटै दृष्टिले हेर्न नमिल्ने बताउँ छन् ।

‘तत्कालिन् राज्यसक्ताको आवश्यकताले दुई देशबीचको सन्धी अनुरुप बनेकाले ब्रिटिस–गोर्खाहरुलाई सरकारले नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्छ ।’ डा।केसीले थपे ।

त्रिविका प्राध्यापक बालकृष्ण माबोहाङले देशको सर्वभौमसत्ताको रक्षा गर्ने ब्रिटिस गोर्खाहरुलाई विगतदेखि वर्तमान शासकहरुले उच्च सम्मानित दर्जामा राख्नुको साटो अपहेलना गरेको आरोप लगाए ।

 

प्रा।माबोहाङले नेपालीहरुलाई किनबेचको साधनकोरुपमा व्यवहार गरेर अहिले नागरिकताबाट च्युत गर्न खोज्नु दुर्भाग्य भएको बताउँदै भने,“ब्रिटिस–गोर्खाहरुकै कारण कैलाली,कञ्चनपुरलगायतका ४ जिल्ला फिर्ता भयो, के यस्तै कारणले राज्य बिहिन बनाउन खोजेको हो रु” आदिवासी जनजाति महासंघका पूर्व महासचिवसमेत रहेका माबोहाङले विभिन्न पार्टीका भातृ संगठन बन्ने भन्दा पनि आफ्नो मुद्धालाई बोक्ने पार्टीमा सबै एकजुट हुनसमेत सुझाउँदै भने,“ब्रिटिस गोर्खाहरुको मुद्धा समेट्ने जुनसुकै पार्टीमा आजकै मितिबाट मिसन ८४सीमा लाग्नुस् ।”

आयोजक संस्था (विजीएनसीसीसी–युके/नेपाल)का संयोजक सुनबहादुर तामाङले गोर्खाहरुलाई नेपाल सरकारले अरु एनआरएनको सरह व्यवहार नगर्न आग्रह गरे ।

तामाङले नागरिकताबाट बञ्चित गरिए देशलाई ठूलो क्षति मात्रै नभएर गोर्खाहरु कुनैपनि समयमा राज्य बिहीन हुने चिन्ता व्यक्त गरे ।

आफूहरुलाई बेलायत सरकारले सम्झौताअनुसार सेवा सुविधा नदिएर विभेद गरेको बताउँदै त्यसमा नेपाल सरकारले ब्रिटेनसँग पहल गर्नुपर्ने माग राखे ।

ब्रिटिस–गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपालका प्रमुख संयोजक कृष्ण बहादुर राईले पुराना देखि आजका शासकहरुले आफूहरुलाई न्याय दिनेभन्दा ‘राष्ट्र बेच्ने र ब्रिटेन किन्ने’ घृणित सोच र व्यवहार जारी राखेको आरोप लगाए ।

नेपाली शासकहरुको अदुरदर्शिता र स्वार्थीपनको कारण आफूहरु भाडाका सैनिकमा मात्रै सिमित बनाएर देशको अन्य देशहरुसँग कुटनीतिक सम्बन्धमा असर परेकोसमेत बताए ।

ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपाल संयोजक भिम बहादुर लिम्बु तावाले राजादेखि वर्तमान शासकहरुले ब्रिटिस गोर्खाहरुलाई बस्तु जस्तै बिक्रि गरेर आफ्नो स्वार्थ पूर्ति गरेको आरोप लगाए ।

तावले नेपाल सरकारले नागरिकताबाट च्युत गरे त्यसले देशलाई ठूलो क्षति पुग्ने चेतावनी दिए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...