CG Electronics
IME Life
NIMB

नेपाली बजारमा बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक,कति पर्छ मूल्य ?

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रममार्फत ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो।

कम्पनीले बिवाइडीको यो फ्युचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार तोकेको छ। बिवाइडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो। यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिज (महासागर श्रृंखला) को पहिलो गाडी हो।

बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ। गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ।

बिवाइडी डल्फिनको शुभारम्भले नेपालमा नयाँ ऊर्जा यात्रुवाहक सवारी साधन व्यवसायको क्षेत्रमा कोशेढुंगा सावित भएको छ।

बिवाइडी डल्फिन अत्याधुनिक बिवाइडी ई-प्लेटफर्म ३.० मा उत्पादन गरिएको छ। यो सेल(टू(प्याक (सिटिपी) प्रविधिमा आधारित छ। अर्थात् यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको छ, जसमा ब्लेड ब्याट्री र ट्रे समावेश गरी एक ‘स्यान्डविच’ जस्तो संरचना बनेको छ। यस प्रकारको प्रविधिले ब्याट्री प्याक भोल्युमलाई कम गर्दै क्याबिन स्पेस खुला गर्छ। यो प्लेटफर्मले बौद्धिकता, दक्षता, सुरक्षा, र सौन्दर्यशास्त्रमा क्यापिटलाइज गरेको छ। यो पूर्ण रूपमा विद्युतीय हो। कम्पनीले यो गाडी निर्माणमा कुनै पनि कमि छाडेको छैन। विभिन्न विशेषतासँगै सुरक्षाको हिसाबले पनि कम्पनीले डल्फिन उत्पादनमा उत्तिकै प्राथमिकता दिएको छ।

यो ह्याचब्यागमा २,७०० एमएम ह्विलबेस प्रदान गरिएको छ। यसमा निकै आरामदायी र फराकिलो क्याबिन स्पेस पाउन सकिन्छ। यसबाहेक गाडीमा उच्च डिजाइन र प्रविधि सहितको एकीकृत ८-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली पाउन सकिन्छ। यसले गाडी चालकको कार्यसम्पादनमा धेरै सुधार गर्छ। साथै, सुरक्षाको हिसामा पनि थप बलियो पार्न मद्दत गर्छ। कम्पनीले बिवाइडी डल्फिन चलाउने चालकलाई सहज हुने ढंगले प्रविधि र प्रणाली सुजज्जित गरेको छ। यसबाहेक बिवाइडी चालक र यात्रु सुरक्षालाई लिएर निकै संवेदनशील र सतर्क छ।

बिवाइडीको विद्युतीय नयाँ फ्युचरिस्टिक डल्फिनमा चालक र यात्रु सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको छ। यसबाहेक फर्वार्ड कोलिजन वार्निङ, ट्र्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट जस्ता विशेषता दिइएको छ। यसबाहेक यसमा रिअर कोलिसन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिङ अलर्ट र ३६० मोनिटर भ्यू जस्ता फिचरहरू पनि समावेश गरिएको छ। यी फिचरहरूले गाडी चालकलाई सतर्क र उत्तरदायित्व बनाउनका साथै समग्र सुरक्षालाई बढावा दिन्छ।


ओसियन एस्थेटिक डिजाइन

बिवाइडी डल्फिनले मनमोहक ओसियन एस्थेटिक्स डिजाइन भाषालाई अंगालेको छ। बिवाइडी डल्फिनको डिजाइन समुद्री तत्वहरूबाट प्ररित भई तयार पारिएको हो। बिवाइडी डल्फिनको भित्री भाग यसको पर्यावरण(मैत्री दृष्टिकोणको प्रमाण हो। गाडीभित्र सिटमा देखिने छालाका सामग्रीहरू ‘भिगन’ छालाबाट बनाइएको हो। यी सिटहरूले लामो दूरीको यात्राक्रममा निकै आरामदायी प्रदान गर्छ। यी डिजाइनहरू पनि समुन्द्रबाट प्रेरित भई तयार पारिएको हो।

 

बिवाइडी डल्फिनमा फ्युचरिस्टिक सस्पेन्डेड सेन्टर कन्सोल डिजाइन पनि छ। यसले ड्राइभिङ वातावरणमा आधुनिक र गतिशीलता थप गरेको छ। गाडीको ड्यासबोर्ड पनि निकै सुरुचिपूर्ण ढंगले तयार पारिएको छ। यसमा १२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन पाउन सकिन्छ। यसले ब्लुटुथ कनेक्टिभिटीका साथै एप्पल कारप्ले पनि समर्थन गर्छ। कम्पनीले यो गाडीमा चार्जिङ, र ड्याब डिजिटल रेडियो पनि प्रदान गरेको छ। यी विशेषताहरूले गाडीमा प्रिमियम अनुभवलाई बढाउन मद्दत गर्छ।

विद्युतीय पावरट्रेन इनोभेसनमा अग्रणी

बिवाइडीले विश्व विद्युतीय सवारी बजारको नेतृत्व गर्दै विद्युतीय सवारी साधन निर्माणमा ट्रेलब्लेजरको भूमिका निर्वाह गरेको छ।

बिवाइडी डल्फिन ई.प्लेटफर्म ३.० मा निर्मित पूर्ण विद्युतीय ह्याचब्याग हो। कम्पनीले गाडीको सुरक्षा र क्रुजिङ दायरा दुवैलाई बढावा दिएको छ। यसमा अल्ट्रा(सेफ ब्लेड ब्याट्री प्रविधि पाउन सकिन्छ, जसले गर्दा पनि चालकलाई भरपर्दो र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ। यसबाहेक, ब्लेड ब्याट्रीले डिसी चार्जर प्रयोग गरेर गाडी चार्ज गर्दा ३० मिनेटमा ८० प्रतिशत चार्ज दिन्छ।

पृथक डिजाइनका साथै सुरक्षालाई प्राधमिकतामा राख्ने बिवाइडी ब्लेड ब्याट्री विद्युतीय सवारी साधनको जगतमा एउटा ग्राउन्डब्रेकिंग इनोभेसन नवीनता हो। सुरक्षासँगै यसले जस्तोसुकै अवस्थामा अतुलनीय स्थायित्व प्रदान गर्छ। परिक्षणक्रम यसलाई कुचल्दा, अत्याधिक तातोमा राख्दा र अधिक चार्ज गर्दा समेत विस्फोट नभई सुरक्षित ढंगमा रह्यो।

 

सोमबार भएको कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सबै सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै ग्राहकहरूलाई अत्यन्त सन्तुष्टी र नेपालमा विद्युतीय गतिशीलताको अनुकूलन सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको बताउनु भएको छ।

साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले थप भन्नुभयो, ‘हामीले बिवाइडी विद्युतीय गाडी अटोमोबाइलको रूपमा मात्र बिक्री गर्दैनौं। यसलाई समाधानको रूपमा बिक्री गर्दैछौं। यो भनेको देशको घरेलु ऊर्जा खपत र दिगो विकासको आवश्यकतालाई पूरा गर्ने जीवनशैली हो। हामी हाम्रा ग्राहकहरूको लागि प्रत्येक सीमामा ग्राहक अनुभव बढाउन र इको प्रणाली निर्माण गर्न केन्द्रित छौं।’

कार्यक्रममा बोल्दै नेपाली बजारका लागि जिम्मेवार मुख्यालयका बिवाइडी प्रतिनिधि एडम हुले बिवाइडी डल्फिनको बहुमुखी प्रतिभा र विश्वसनीयताबारे बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो नेपालका लागि निकै विशेष क्षण हो। बिवाइडी अट्टो ३ ले नेपाली बजारमा निकै राम्रो बजार पाएको थियो। यसपछि डल्फिनले पनि बजार पाउनेमा निकै सकारात्मक र आशावादी छौं। यसबाहेक भविष्यमा हामी नेपाली बजारका लागि हाम्रो लाइनअपमा थप विविधतायुक्त गाडी थप्न प्रतिबद्ध छौं। बिवाइडीको अत्याधुनिक प्रविधिले विश्वव्यापी रूपमा चमत्कार सिर्जना गरिरहेको छ। यसै आधारमा हामीले ५० लाख बढी नयाँ ऊर्जा सवारी साधनहरू वितरण गरिसकेका छौं।

कम्पनीका अनुसार बिवाइडी डल्फिनको वितरण नाडा अटो शो २०२३ पछि सुरू हुनेछ।

हाल बिवाइडीको फ्युचरिस्टिक बिवाइडी डल्फिन स्यान्ड ह्वाइट (सेतो), माल्दिभ पर्पल (बैजनी), कोरल पिंक (गुलाबी) र अर्बन ग्रे गरी चार विभिन्न रंगमा उपलब्ध हुनेछ।

साइमेक्स इंकले नेपालमा बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक वितरकको रूपमा लामो यात्रा तय गरेको छ। कम्पनीले तीन वटा शाखाबाट ग्राहकहरूलाई आफ्नो सेवा पुर्‍याइरहेको छ। यसबाहेक कम्पनीले चितवन, धनगढी, बुटवल, बिर्तामोड, विराटनगर, पोखरा, अनामनगर, नेपालगन्ज लगायतका महत्वपूर्ण व्यापारिक केन्द्रहरू र भक्तपुरमा भर्खरै उद्घाटन गरिएको शोरुमलाई रणनीतिक रूपमा समावेश गर्दै नेपालभर करिब नौ डिलरहरूको सञ्जाल समेटेको छ। साइमेक्स इंक नेपालको गतिशील अटोमोटिभ परिदृश्यमा अग्रगामी शक्तिको रूपमा उभिएको छ। कम्पनीले विद्युतीय गाडी बिक्रीसँगै बिक्री पछि सेवामा पनि उत्तिकै ध्यान पुर्‍याउँदै ग्राहक सेवा विस्तार गरेको छ।

 

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...