टाटाको सस्तो टियागो ईभी सार्वजनिक, मूल्य रु. २१.९९ लाख
Tuesday Sep 12, 2023
वि.सं.२०८० भदौ २६ मंगलवार २२:१३
काठमाडौं । काठमाडौंमा आजबाट सुरु भएको नाडा अटो शो–२०२३मा टाटा मोटर्सले सबैभन्दा सस्तो ईभी टियागो सार्वजनिक गरेको छ।
प्रदर्शनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ईभी टियागो सार्वजनिक गरेका हुन्। यो ईभीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ रहेको छ। टियागो ईभी टाटको सबैभन्दा कम मूल्यको कार भएको छ।
कम्पनीले टियागो ईभीको मूल्य २१ लाख ९९ हजार रुपैयाँदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरेको छ।
कम्पनीका अनुसार यो ईभीमा डीसी चार्जर सपोर्टमा उपलब्ध छ। यसमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ। फुल चार्ज हुन ८ घन्टा लाग्ने कम्पनीले जनाएको छ।
टाटा टियागोमा ५० किलोवाट क्षमताको मोटरमा प्रयोग गरिएको छ। यसको अधिकतम पावर ६९ पीएस र टर्क १७० न्यूटन मिटर रहेको छ।
यो ईभीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रिक ओआरभीएम, क्रुज कन्ट्रोलजस्ता फिचर दिइएको छ।























