CG Electronics
IME Life
NIMB

नेपालको अर्थतन्त्र चर्को दबाबमा छ : प्रधानमन्त्री दाहाल

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र चर्को दबावमा रहेको स्वीकार गरेका छन् ।

बुधबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले नेपालको अर्थतत्र अझै पनि चर्को दबावमा रहेको स्वीकार गर्दै यो अवस्थालाई गम्भीर रुपमा नलिए अप्ठ्यारो स्थिति आउने बताए ।
‘म प्रधानमन्त्री हुदै गर्दा एउटा आतंक थियो ।

नेपालमा नेपालको अर्थतन्त्र पतन भयो अथवा नेपाल श्रीलंका भैनै सक्यो भन्या जस्तो थियो । कम्तिमा अहिले त्यस्तो चाँही छैन ।

अहिले हामीले जे पहल गरेका छौ त्यो आतंक चाँही छैन् तर, अर्थतन्त्र चाँही चर्को दबाबमा अहिले पनि छ ।’ उनले थपे ‘अर्थतन्त्र सहज भैसक्यो भन्ने मेरो बुझाई छैन् अहिले पनि स्थिति गम्भीर छ । हामी सबैले गम्भीर ढंगले नलिने हो भने अप्ठ्यारो स्थिति बन्न सक्छ ।’

उनले देशको आर्थिक अवस्था सुधार तथा सुशासनको पक्षमा सरकारले सकेको जति बल गरेर काम गरिरहेको बताए । आर्थिक अवस्थामा सुधार गर्न राष्ट्र बैंकको मौद्रिक नीति र सरकारको वित्तीय नीतिमा तालमेल मिलाउन धेरै प्रयास गरेको बताए ।

उनले भने, ‘सरकारले गुड गर्भनेन्सको पक्षमा अहिलेको हाम्रो परिस्थितिमा सकिने जति बल गरिएको छ भन्ने छ मेरो । थुप्रै बेथितिहरुमाथि एकपछि अर्को गरेर त्यसमाति प्रहार गर्ने र करेक्सन गर्ने कोशिस गरिएको छ ।

राष्ट्र बैंकको मौद्रिक नीति र सरकारको वित्तीय नीतिको बीचमा तालमेल कसरी कायम गर्ने भन्ने विषयमा धेरै मेहनत गरिएको छ भन्ने भनाई छ मेरो । समस्या समाधान भयो भन्ने दाबी छैन् मेरो । अझै धेरै समस्या छन् तर, अर्थ, प्रधानमन्त्री कार्यलाय, राष्ट्र बैंक र सम्बन्धित निकायमा अर्थतन्त्रलाई कसरी हामीले गति दिन सकिन्छ । भनेर धेरै छलफल गरिएको छ ।’

अहिलेको परिस्थितिमा सुशासन र सामाजिक न्यायको क्षेत्रमा सरकारले सकेजति काम गरेको उनको भनाई छ ।

‘यो परिस्थितिमा यो भन्दा बढी गर्न सकिन्थ्यो भन्नेमा मैले देख्दिन’ दाहालले भने ।

 

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...