CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता भएको छ । दुवै कम्पनीले संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुलाई रेमिट्यान्स पठाउन सहज बनाउन व्यवसायिक समझैता पत्रमा हस्ताक्षर गरेको हो ।

युएईमा रहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने विश्वासले साझेदारी गरेको दुवै कम्पनीले बताएको छ ।

अब एआई अनसरी एक्सचेन्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ । यस्तै, एआई अनसरी एक्सचेन्ज कम्पनीबाट पठाइएको रकम एन आई सी एशिया बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ ।

साथै, यस बैंकको मोबाइल बैंकिङ्ग एप (एन आई सी एशिया मोबाइल बैंक) भित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र आफुलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा गई रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’...

वि.सं.२०८३ असार १ सोमवार २३:०३

  काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल...

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया...

वि.सं.२०८३ असार १ सोमवार १५:५९

  विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटन को नेपाल प्रवेशको...