CG Electronics
IME Life
NIMB

रामेछापमा यस वर्ष २० करोड रुपैँया बढीको जुनार सुन्तला उत्पादन हुने अनुमान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

रामेछाप । रामेछाप जिल्लाबाट यस वर्ष २० करोड रुपैँया बढीको जुनार र सुन्तला बिक्री हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार यस वर्ष जुनार सुन्तला राम्रो उत्पादन भएको र सो परिमाणको बिक्री हुने अनुमान गरिएको छ ।
रामेछाप जिल्लामा ९ सय हेक्टर भन्दा बढी क्षेत्रमा जुनार खेती हुँदै आएको छ । सो जमिनमा यस वर्ष ५० मेक्ट्रिकटन जुनार र सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सो जुनार र सुन्तलाको होलसेल मूल्य २० करोड भन्दा माथि हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैरेले बताए ।

किसानले उत्पादन गरेको सुन्तला बगैँचाबाटै प्रतिकेजी १ सय रुपैँया र जुनार प्रतिकेजी ५० देखि ६० रुपैँया किलो सम्ममा बिक्री हुने गरेको छ । सडक सञ्जाल पुगेको ठाउँमा जुनार सुन्तला किन्न व्यापारीहरू किसानको बगैँचामा पुग्ने गरेका छन् । यसले गर्दा किसानलाई आफ्नो उत्पादन बिक्री गर्न सजिलो भएको छ ।

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम कार्यान्वयन इकाईले केही वर्ष यतादेखि किसानलाई अमिलो जातका फलफूल खेतीमा प्रोत्साहित गरेको छ । जसले गर्दा किसानहरू अमिलो जातका फलफूल खेतीमा लागेका छन् । ती कार्यालयले किसानलाई निःशुल्क प्राविधिक सहयोग, सिँचाई, बिरुवा, विषादीमा अनुदान तथा बजार व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।

रामेछापमा २ सय बढी व्यावसायिक कृषि फर्म रहेका छन् । रामेछापको ओख्रेनी, सुकाजोर, रामेछाप, रामपुर, गोठगाउँ, हिमगंगा, सालु, सुनारपानी, देउराली, भलुवाजोर, पुरानागाउँ, फुलासी, माकादुम, हिलेदेवी, खनियापानी, दोरम्बा, बेथान लगायतका क्षेत्रमा व्यावसायिक रूपमा जुनार खेती हुने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकाको १, २, ४, ५, ६, ७ र ८, मन्थली नगरपालिकाको ४, ५, ६, ९, १३ र १४ वडालाई जुनार जोन घोषण गरी जुनार खेती प्रवर्धनको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । जोन क्षेत्रमा मात्रै ५ सय ३० हेक्टरमा जुनार खेती भइरहेको कार्यालयले जनाएको छ ।

जोन क्षेत्रमा परियोजनाले प्राविधिक सहयोगका साथै सिँचाईका लागि पोखरी, पाइप लगायत सहयोग गरेको छ । त्यस्तै, रोग तथा किरा नियन्त्रण र चिस्यान केन्द्र निर्माण समेत कार्यालयले सहयोग गरिरहेको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...