CG Electronics
IME Life
Ncell NPL

समाजवादी मोर्चाको बालुवाटार बैठक : नेतालाई मुद्दाबाट जोगाउने सरकार बलियो बनाउने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । समाजवादी मोर्चाको बालुवाटार बैठकले मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुलाई जसरी पनि पक्राउ पर्नबाट जोगाउने निर्णय गरेको छ ।

बुधबार साँझ बैठकका निर्णय सुनाउँदै एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मोर्चा संयोजकमा नेता माधवकुमार नेपाललाई निरन्तरता दिने, मोर्चाका जिल्ला संगठन बढाउने, सरकारलाई बलियो बनाउने र अदालतमा रहेका मुद्दाबारे विभिन्न चरणमा सरकारसँग भएका राजनीतिक सहमतिबारे जानकारी गराउने निर्णय भएको बताए ।

उनका अनुसार मोर्चाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संयोजकमा निरन्तरता दिने निर्णय गरेको छ । ‘मोर्चाको अहिलेसम्म देशका ४७ जिल्लामा कमिटी गठन भएका छन् ।

 

पुस मसान्तभित्र सबै जिल्लामा कमिटी विस्तारको निर्णय भएको छ,’ उनले भने ।
मोर्चाले माओवादी केन्द्रका पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बलियो बनाउने, जनतालाई दिने सेवामा सल्लह दिने पनि निर्णय गरेको छ । माघ १६ को सहीद दिवस मनाउन अन्य दलसँग मोर्चाले सल्लाह गर्ने भएको छ ।

यस्तै मोर्चाले शीर्ष नेताहरुविरुद्ध अदालतमा रहेका मुद्दालाई गम्भीरतापूर्वक लिएको नेता पाण्डेले बताए । नेता दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध अदालतमा मुद्दा छन् । मोर्चामा आबद्धमध्येको घटक नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरु विरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ ।

यी तमाम मुद्दाहरुमा सरकारसँग भएका पटक पटकका राजनीतिक सम्झौता सहमति अदालतलाई जानकारी गराउने निर्णय भएको नेता पाण्डेले बताए ।

गत ४ मा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेको मोर्चाको बुधबारको बैठकमा विप्लव समूहका नेताविरुद्ध पक्राउ पुर्जीका विषयमा गम्भीर बहस भएको थियो ।

बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’सँगै नेकपाबाट खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए । यस्तै, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी थिए । ।

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...