CG Electronics
IME Life
Ncell NPL

एमाले राक्सिराङले माघ १५ र १६ गते कार्यकर्ता प्रशिक्षण गर्ने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

हेटौंडा । नेकपा (एमाले) राक्सिराङ गाउँपालिका कमिटीले आफ्नो नेता/कार्यकर्तालाई माघ १५ र १६ गते दुई दिन आवसिय प्रशिक्षण दिने भएको छ । प्रशिक्षणमा सहभागीलाई पार्टीले सरिखेत स्थित पार्टी कार्यकर्ताको घरमा ‘घरबास’ बसाउने बताएको छ ।

आज बसेको एमाले राक्सिराङ गाउँ कमिटीको बैठकले उक्त निर्णय गरेको हो । बैठकबाट पार्टी सदस्यता नविकरण, वडा स्तरीय पार्टी बैठक गर्ने, वडा स्तरीय प्रशिक्षण एवम् जनसंगठनहरुको अधिबेशन तथा सम्मेलन आयोजना गर्ने निर्णय गरेको पार्टी राक्सिराङ अध्यक्ष रोहन लामाले संचारकर्मीसंग वताए ।

बैठकमा बोल्दै प्रमुख अतिथि एमाले संसदीय दलको सचेतक महेश वर्तौलाले पार्टीले मसिनो गरि जनताको बिचमा पुगेर काम गर्नुपर्ने तथा प्रशिक्षित कार्यकर्ता निर्माण गर्नुपर्ने बताए । प्रतिनिधि सभाका साँसद समेत रहेका वर्तौलाले निर्वाचित जनप्रतिनिधिहरु पार्टीको निर्णय र पार्टी अनुशासनको रेखांकन भित्र रहेर सार्बजनिक काममा जोडिनुपर्ने बताए ।

बैठकको बिशेष अतिथि पार्टी प्रदेश सदस्य एकाराज उप्रेतीले अहिले एमाले माथी देशीविदेशी शक्तिहरुको चौतर्फी घेराबन्दी रहेको उल्लेख गर्दै एमाले कार्यकर्तालाई उत्पादनसंग जोड्नुपर्ने बताए । बिशेष अतिथी एवम् पार्टी जिल्ला उपाध्यक्ष लाल बहादुर थापाले बलियो पार्टी निर्माण गरेर अघि बढ्न सुझाउदै भन्नुभयो: ‘भोलि निर्वाचनमा कस्ले टिकट पाउछ भन्ने गौण कुरा हो, यद्यपि बलियो पार्टी निर्माण गर्नु प्रधान काम हो ।

बैठकमा पार्टी जिल्ला कमिटी सदस्यहरु सुन्तलीमाया प्रजा, बाबुलाल स्याङतान, मानबहादुर वाइबा लगायतको उपस्थिती रहेको थियो ।

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल,...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:०८

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका...

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:००

  सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले...

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५६

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स...

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५२

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ...

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:४५

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट...