CG Electronics
IME Life
NIMB

चित्लाङ–चन्द्रगिरि सडक स्तरिकरणमा पहिलो सामुहिक प्रयास

NIMB
Himalayan Bank

 

काठमाडौं।आज बुधबार उत्तरी मकवानपुरका नेताहरुले सामुहिक प्रयासको थालनी गरेका छन् । पहिलो पटक नेकपा (एमाले), नेपाली काँग्रेस तथा नेकपा (माओवादी)का नेताहरुले समुहिक प्रयास सुरु गरेको हो ।

मकवानपुर २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य महेश वर्तोलाको समन्वयमा एकिकृत प्रयासको थालनी भएको हो ।

आज साँसद वर्तोला सहित पुर्व साँसदहरु रामनारायण विडारी, सुभाष चन्द्र ठकुरी, नेपाली काँग्रेसका नेता जयराम लामिछाने, थाहा नगरपालिका प्रमुख बिष्णु बिष्ट ुआदर्शु, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामी, नेकपा एमाले थाहाका सचीव रामकृष्ण बस्नेत लगायतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर यसै आ.व.मा १० करोड बजेट माग गर्नुभएको हो । टोलीले प्रधानमन्त्रीलाई ४० करोड बराबरको श्रोत सुनिश्चीतता गराउन अनुरोध गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आफुलाई चित्लाङ सडकको महत्वका विषयमा जानकारी नै रहेको बताउदै सरकारले आवस्यक बजेट उपलव्ध गराउनेमा निश्चिन्त रहन आग्रह गर्नु भएको साँसद वर्तौलाको स्वकीय आशिष अस्लामीले वताउनु भयो ।
गत शनिवार मात्रै काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । यो दुर्घटना उक्त सडकको सेतो पहरा नामको स्थानबाट भएको थियो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारी तथा लाजिम्पाटका डा। महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको थियो । दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचार क्रममा बयोधा अस्पतालमा मृत्यु भयो । कारबाट ओर्लेकी स्मारिकाकी आमा डा। सृष्टि तिवारी गौतम मात्र सकुशल रहिन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...