CG Electronics
IME Life
Ncell NPL

मन्त्री किरातीको एक वर्षको उपलब्धी : एक सय एक काम

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालेको बुधबार एक वर्ष पूरा भएको अवसरमा सुदन किरातीले आफ्नो कार्यविवरण सार्वजनिक गरेका छन् । एक वर्षमा आफूले एक सय एक काम गरेका उनले बताएका छन् ।

बुधबार दिउँसो पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले एक वर्षमा गरेका मुख्य मुख्य काम र उपलब्धि सार्वजनिक गरेका हुन् । एक वर्षमा पात्रोमा घोषित बिदा मात्रै ९१ वटा र अन्य बिदा थपिएर एक सय दिन सार्वजनिक बिदा मनाएको उल्लेख गर्दै किरातीले त्यसको बाबजुद पनि औसतमा साढे दुई दिनमा एउटा सानोठूलो काम सम्पन्न गरेको दाबी गरे ।

उनले आफ्नो कार्यकालको प्रारम्भिक तीन महिनामा अत्यन्तै सानो कामबाट सम्पदा सुधारको प्रयास गरेको, दोस्रो चरणमा नौ महिनाभित्रमा मध्यम स्तरको कार्यक्रमको थालनी गरेको र त्यसले परिणाम दिने चरणमा भएको बताए ।

उनले केही कानुनको तर्जुमा, सुधार र नियमालीलाई समय सापेक्ष बनाउने गरी काम अघि बढाएको, दुर्गम क्षेत्रको उडानमा लक्षित गरेर नेपाल वायुसेवा निगमको जहाज खरिदको टेन्डर अन्तिम चरणमा रहेको, १२ वर्षदेखि ग्राउन्डेड नेवानीको ट्वीन अटर जहाज मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन लागिएको, क्षेत्रीय विमानस्थलमा उडानका लागि ३ र अन्तर्राष्ट्रिय उडानका लागि ३ गरी ६ न्यारोबडी जहाजको लिजमा लिने प्रक्रिया अघि बढाइएको, चिनियाँ जहाजको लिलाम बिक्री अघि बढाइएको, नेवानिको साँवा–ब्याजको चार अर्ब किस्ता तिरेको लगायतका विभिन्न १०१ कामलाई एक वर्षे उपलब्धिका रुपमा गन्ती गरेका छन् ।

मन्त्री किरातीले भने, ‘हामीले मध्यमस्तरको कार्यक्रममा हात हाल्यौं, त्यसमा परिणाम आउन अझै बाँकी छ । तर, कामलाई पाइपलाइनमा हालिसकेका छौं । दुर्गम क्षेत्रमा उडान भर्ने साना ३ वटा जहाज खरिद प्रकृया अगाडि बढाएर आज अन्तिम चरणमा पुगेको छ ।

१२ वर्षदेखि ग्राउण्डेड भएको ट्वीन अटर जहाजलाई अबको एक महिनाभित्र मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउँदैछौं । त्यसपछि हामीसँग ६ वटा साना जहाज हुनेछन र २३ वटा घाम तापेर बसेको दुर्गम क्षेत्रको विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न यी विमान आइसकेपछि हामी सक्षम हुन्छौं ।’

वर्षौदेखि पत्रपत्रिकाले लेखेको, संसदमा उठेको र नेताले नै भाषण गर्दै हिँडेको सेतो हात्ती भनिने निगमका ग्राउन्डेड चिनियाँ जहाजहरुलाई निकास दिने गरी टेण्डर प्रकृयामा अगाडि बढाइएको उनले बताए ।

त्यस्तै उनले विभिन्न विमानस्थलको स्नरोन्नति, व्यवस्थापन र टर्मिनल भवन निर्माणको कार्यलाई पनि आफ्नो उपलब्धिको सूचीमा राखेका छन् । सम्पदा क्षेत्रमा भने पशुपतिनाथको सरसफाइ, जग्गाको हाल साबित र हराएको जग्गा खोजी गरिरहेकोदेखि लुम्बिनीको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेशको अन्तिम चरणमा पुगेको समेत उल्लेख छन् ।

मन्त्री किरातीले अनुसन्धान तथा नवप्रवर्तन, सांस्कृतिक कूटनीति, प्रणालीगत सुधारजस्ता क्षेत्रमा गरेका कामको फेहरिस्तमा पशुपति विश्वविद्यालय स्थापनाको लागि अध्ययन अगाडि बढाएको देखि नयाँ पर्यटकीय गन्तव्यहरु निर्माणका लागि पुराना साँस्कृतिक गाउँहरुको विवरण थयार गर्न अध्ययन कार्य अगाडि बढाएको कुरा सम्म समेटिएका छन् ।

उनका अन्य काममा हिमाल सरसफाइको ३ वर्षे रणनीतिक योजना तयार पारेको, जुगल हिमशृंखलामा पर्ने ५ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरेको, सगरमाथाबाट प्याराग्लाइडिङ र स्काई डाइभिङ सफल परीक्षण, ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको चिनारी (प्रोफाइल) तयार पारिएकोदेखि विभिन्न देशसँग हवाई सम्झौता सम्पन्न गरिएको कुरा एक वर्षे कार्यप्रगति (रिपोर्ट कार्ड) मा उल्लेख छ ।

होटल व्यवसायलाई पनि उद्योगकै रुपमा लैजानेतर्फ जोड दिदै त्यसमा छलफल गरिरहेको उनले बताएका छन् । आफ्नो कार्यकाल सम्हालेपछि घोषणा गरेको विदेश नजाने निर्णयलाई अबको एक वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता मन्त्री किरातीले जनाए ।

 

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...