CG Electronics
IME Life
NIMB

१२ अंकले घट्यो नेप्से : हिमालयन रिइन्सुरेन्समा झुम्मिए लगानीकर्ता

NIMB
Himalayan Bank

 

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ ।

मंगलबार ५४ अंकले बढेको नेप्से बुधबार १२.१० अंकले घटेर २१६३. ०६ विन्दुमा झरेर बन्द भएको हो । दिउँसो १ बजे २२१५ विन्दुमा पुगेको नेप्से बन्द हुने समयमा घटेको हो ।

तीन सय कम्पनीको कारोबार भएको दिन ६३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । एक सय ८० कम्पनीको सेयरमा नकारात्मक सर्किट लाग्दा चार कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

कारोबारको यस दिन बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर र फाइनान्सको सेयर उच्च अंकले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज ३ करोड ३५ लाख कित्ता सेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ ।

यो कारोबार रकम झन्डै साढे २ वर्षयताकै उच्च हो । यसअघि २०७८ भदौ २१ गते ९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...