CG Electronics
IME Life
NIMB

पूर्ण खोप कार्यक्रममा अन्धाधुन्ध खर्च गरियो, अनुसन्धान गर्छौं : मन्त्री बस्नेत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सरकारले लागु गरेको पूर्ण खोप कार्यक्रम अगाडि बढ्न नसकेको बताएका छन् ।

राष्ट्रिय दादुरा–रुबेला खोप अभियानको उच्चस्तरीय बैठकमा बोल्दै उनले पूर्ण खोप कार्यक्रम ५२ प्रतिशतभन्दा माथि उठ्न नसकेको भन्दै यसरी लक्ष्य पुरा नहुने बताए ।

उनले भने, ‘हामीले पूर्ण खोप भनेपनि ५२ प्रतिशतभन्दा अगाडि बढ्न सकेको छैन । यो हामीले आ–आफ्नो तरिकाले परिभाषित गरेर बसिरहेका छौ । यही तरिकाले अगाडि बढ्ने हो भने हाम्रो लक्ष्य पूरा हुनेमा मलाई विश्वास छैन ।’

मन्त्री बस्नेतले पूर्ण खोप प्रोजेक्ट अन्तर्गत नेपालमा आउने बजेटको अन्धाधुन्ध रपमा खर्च भइरहेको भन्दै यसको छानबिन गर्नुपर्ने बताए ।

उनले अघि भने, ‘जे जे खर्च भईरहेको छ, कहाँ, कसरी खर्च भईरहेको छ, नेपालको नाममा आएको छ कहाँ गएको छ ?, त्यसकारणले सबैतिर छानबिन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हामी सेफ द चिल्ड्रेनले गरेको कार्यक्रमबाट सुरुवात गर्दैछा} । छानबिन गर्नका लागि कमिटि गठन गर्दैछौं ।’

स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमहरुका लक्ष्य पुरा नहुन कसले रोक्यो भन्ने प्रश्न गर्दै उनले म्याचफिक्सिङ् भएको उल्लेख गरे ।

स्वास्थ्य मन्त्रालय संवेदना बोकेको मन्त्रालय भएको बताउँदै उनले परिणममुखी नतिजा आउन गरि काम गर्न आग्रह गरे ।

उनले भने, ‘यो जन्ती जाने काम नगरौं, जुन जुन विषयमा नभई नहुने हो जसको विषय विज्ञता छ त्यो जाउँ, अरु काम नभएकाहरु मन्त्रालयमा नै बसौं । यो विषयमा गम्भीर भएर छलफल गरौं । यो कामलाई छिटो अगाडि बढौं ।’

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...