एकबर्ष मा २ देखि अढाई महिनासम्म जतिबेला नि सुर्य चम्किरहने देश

Friday May 12, 2017
वि.सं.२०७४ वैशाख २९ शुक्रवार ०७:५४

एजेन्सी । पृथ्वी सौर्यमण्डलको एक सदस्य हो । यहाँ दिन र रात हुनु प्राकृतिक नियमनै हो । तर विश्वमा यस्ता पनि देश छन् जहाँ, केही समय सुर्य अस्ताउँदै अस्ताउँदैन । ती देशमा महिनौ लामा दिन हुने गरेका छन् । संसारका करिब आधा दर्जन देशमा वर्षको ३ सय ६५ दिनमा करिब २ देखि अढाई महिनासम्म जतिबेला पनि सुर्य चम्किरहन्छ ।
कुनै देशमा ५० दिन त कुनैमा ७३ दिन अनि कुनैमा ७६ दिनसम्म सुर्यास्त हुँदैन । सोच्नुहोस् त करिब साढे २ महिनाको एउटै दिन हुँदा मानिसको स्थिति के होला ? प्रकृतिको यस्तो लिला सायद धुर्वीय रेखाको बीचमा रहेका मुलुकहरुमा भएको देखिन्छ ।
यस्तो दृष्य देखिने देशहरुमा नर्वे,फिनल्यान्ड,क्यानडा,अलस्का, ब्रिटेनकै एउटा छुट्टै क्षेत्रमा यो अवस्था देखिने गरेको छ । नर्वे यस्तो देश हो, जहाँ वर्षको करिब ७६ दिन सुर्य अस्ताउँदैन । त्यहाँ त्यतिका दिनसम्म रात नपर्दा राज्य कृतिम उपायहरु समेत अप्नाएको देखिन्छ ।
फिनल्यान्डमा पनि गर्मी मौसम अर्थात मे देखि जुलाईसम्म करिब ७३ दिन सुर्य अस्ताउँदैन । त्यस्तै, क्यानडाको दक्षिण पूर्वी भागमा पनि ५० दिनसम्म सुर्य अस्ताउँदैन ।
उता, अलस्कामा पनि गर्मीकै समय अर्थात मे देखि जुलाईसम्म सुर्य निरन्तर चम्किरहने गर्छ । युरोपको अर्को शक्तिशाली देश ब्रिटेनको आइल्यान्डमा पनि मे देखि जुलाई सम्म निरन्तर घाम लागिरहन्छ । यी मुलुकमा यो मौसममा मानिसहरुले आफ्नै ढंगले जिवन जिउन बानी परेका छन् र बाहिरी मुलुकहरुबाट पहिलोपटक यी देशमा पुग्ने मानिसहरुलाई अनौठो लाग्ने गर्छ ।