CG Electronics
IME Life
NIMB

सर्वदलीय सहमतिमा प्रधानमन्त्री चयन गर्न गिनी बिसाउका राष्ट्रपतिलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदकाे आह्वान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२९ बैशाख, काठमाडौँ –


सर्वदलीय सहमतिमा प्रधानमन्त्री चयन गर्न गिनी बिसाउका राष्ट्रपति जोस मारियो भासलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आह्वान गरेको छ । हाल चलिरहेको राजनीतिक द्वन्द्वले चरम अस्थिरता निम्त्याउन सक्ने राष्ट्रिय खतरालाई रोक्न गिनि बिसाउमा अधिकतम राजनीतिक समर्थन प्राप्त गर्ने प्रधानमन्त्रीको नियुक्तिको अभाव खट्किरहेको चर्चा भै रहेको छ ।
यसै क्रममा, राष्ट्रिय समस्या समाधान गर्नका लागि गिनि बिसाउका राजनीतिक दलको बेवास्ता र उदासीनतालाई दृष्टिगत गरी त्यहाँको राजनीतिक सङ्कटप्रति गहिरो चासो राख्दै पन्ध्र सदस्यीय सुरक्षा परिषदले उक्त प्रस्ताव पारित गरेको हो ।
गिनि बिसाउमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको मध्यस्थतामा पूर्वहस्ताक्षरित ूकोनाक्राइ सम्झौताू को निष्ठापूर्वक पालना गर्न र सम्झौतामा उल्लेखित प्राबधान अनुसार अतिशीघ्र नै उक्त सम्झौताप्रति आस्थावान् प्रधानमन्त्री नियुक्त गर्न आह्वान गरिएको राष्ट्र संघीय सुरक्षा परिषद्द्वारा आज प्रकाशित एक बिज्ञप्तिमा जनाइएको छ ।
गिनी बिसाउमा विगत एक वर्षदेखि चलिरहेको राजनीतिक द्वन्द तथा अस्थिरता र अशान्तिका कारण लागू पदार्थको तस्करी र ओसार पसार तथा चरम हिंसात्मक अतिबादले मौलाउने राम्रो अवसर पाइरहेको समेत उक्त विज्ञप्तिले जनाएको छ ।
गिनी बिसाउको वर्तमान राजनीतिक स्थितिलाई नजिकबाट नियाली रहेको उल्लेख गर्दै त्यहाँको सङ्कटलाई थप बढ्न नदिनु र शान्तिपूर्ण समाधान गर्न सहयोग गर्नु संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको पनि दायित्व रहेको उल्लेख गरिएको छ । रासस/सिन्ह्वा

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...