Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

शारुख खानले चर्चित कार्यक्रम टेड टाकमा यसो भने

Machhapuchchhre Bank Limited

२९ बैशाख, काठमाण्डौँ –


‘म नै तपाईंलाई चलायमान बनाउँछ र असफलताबाट बचाउँछ, बलिउड अभिनेता शारुख खानले चर्चित कार्यक्रम टेड टाकमा भनेको यो हरफ हो । १७ मिनेट लामो सम्बोधनमा उनले प्रेम र मानवताका विषयमा कुरा गरे । साथै उनले आफ्ना जिन्दगीका घटनालाई पनि बीचबीचमा घुसाए ।

उनीसँगको टेड टक कार्यक्रम केही समय पहिला क्यानडाको वैनकुवर कनवेन्शन सेन्टरमा भएको हो । सो कार्यक्रमको भिडियो भखरै सार्वजनिक गरिएको हो । उनले टेड टकमा आफ्नो विचारलाई यसरी प्रस्तुत गरेका छन्ः

म ५१ वर्षीय कलाकार हुँ । म फिल्ममा २१ वर्ष युवाको व्यवहार गर्छु । म युवाहरुमा सपना बाँड्छु । त्यसैले लाखौँ भारतीयको माया पाएको छु । उनीले मलाई सर्वश्रेष्ठ प्राणी सोच्छन् । यदी तपाईहरु कसैलाई भन्नु हुन्न भने म तपाईलाई बताउँछ म यस्तो छैन । यहाँ धेरै यस्ता मान्छे छन् जसले मेरो काम देखेका छैनन् । उनीहरु प्रति म दुखी छु ।

म १४ वर्षको हुँदा मेरो बुबाको मृत्यु भएको हो । मैले उनको शवलाई गाडीको पछाडिको सिटमा राखेँ । आमा मेरो साथमा हुनुहुन्थ्यो । म गाडी चलाएर अस्पतालबाट बाहिर निस्केपछि उहाँले सोध्नु भयो छोरा तैले गाडी चलाउन कहिले सिकिस् ? मैले भने अहिले भखरै । त्यो रातदेखि म बाँच्ने आधार खोज्न सुरु गरेँ ।

चार वर्ष पहिला मैले र श्रीमतीले तेस्रो वच्चाको मनसाय बनायौँ । तर इन्टरनेटमा हाम्रो १५ वर्षको पहिलो छोरोको बच्चा भनेर दाबी गरियो । उसले रोमानियामा गाडी चलाउँदा एक युवतीलाई गर्भवती बनाएको भन्ने गलत भिडियो प्रस्तुत गरिएको थियो । यस खबरले हाम्रो परिवार धेरै नै दुखी बनेको थियो । मेरो छोरो अहिलो १९ वर्षको भएको छ । उसलाई हेल्लो पनि भन्नु भयो भने उसले फर्केर भन्ने छ तर साथी मसँग यूरोपको चालक अनुमति पत्रै थिएन ।

मैले सामाजिक संजालमा आफ्नो परिचयलाई राम्रो बनाउने कोशिस गरे, जस्तो अरुले पनि गर्ने गर्दछन् । मैले दार्शनिक ट्वीटस गर्न सुरु गरे तर मलाई कन्फ्यसज हुने खालका प्रतिक्रिया आए । जुन प्रतिक्रियाको अर्थ मैले बुझ्न सकेको छैन । जस्तै आरओएफएल, लोल ।

सामाजिक सञ्जालमा कसैले मलाई (ADIDAS) एडिडास लेखर पठाए । म अचम्ममा परेँ । मलाई किन कसैले जुत्ताको नाम लेखेर पठाउँदै छ । त्यसपछि मैले यसको अर्थ १६ वर्षकी छोरीलाई सोधेँ । उसले (ADIDAS) एडिडासको अर्थ बताइ, ‘अल डे आइ ड्रिम एबाउट सेक्स’ मतलब हर दिन म सेक्सको सपना देख्ने गर्छु । म तीन छक परेँ र मैले यसको जवाफ दिएँ ‘डब्ल्यू टि एफ ।’ कतिपय शर्ट फम कहिलै बदलिँदैनन् ।

यो प्राचीन धर्तीका मानिसहरुले मलाई आघाद माया दिएका छन् । मैले उनीहरुसँगबाट सिकेको बल या गरिबीले तपाईंको जिन्दगीलाई धेरै अचम्मको र कम्जोर बनाउन सक्छ । मैले आफ्नो देशबाट सिकेको कुरा जिन्दगीको गरिमा, एक मानवीयता, एक संस्कृति, एक धर्म, एक देश वास्तवमा आफ्नो इमान्दारिता र करुणको क्षमतामा बस्ने गर्दछ ।

मैले सिकेको जो चिज जसले तपाईंलाई अगाडि वढ्नको लागि उर्जा थप्छ, जसले असफलतातिर जानबाट जोगाउँछ, जीवन जिउनमा मद्दत गर्दछ, यो मानवीयताको सबैभन्दा पुरानो र सबैभन्दा सरल कारण हो । र यो प्यार हो ।

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र...

वि.सं.२०८१ पुस ७ आइतवार २१:५६

काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’...

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत...

वि.सं.२०८१ पुस ७ आइतवार १९:४९

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी...

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

वि.सं.२०८१ पुस ७ आइतवार ०८:४९

  काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक...

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि...

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:१४

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको...