CG Electronics
IME Life
Ncell NPL

शारुख खानले चर्चित कार्यक्रम टेड टाकमा यसो भने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

२९ बैशाख, काठमाण्डौँ –


‘म नै तपाईंलाई चलायमान बनाउँछ र असफलताबाट बचाउँछ, बलिउड अभिनेता शारुख खानले चर्चित कार्यक्रम टेड टाकमा भनेको यो हरफ हो । १७ मिनेट लामो सम्बोधनमा उनले प्रेम र मानवताका विषयमा कुरा गरे । साथै उनले आफ्ना जिन्दगीका घटनालाई पनि बीचबीचमा घुसाए ।

उनीसँगको टेड टक कार्यक्रम केही समय पहिला क्यानडाको वैनकुवर कनवेन्शन सेन्टरमा भएको हो । सो कार्यक्रमको भिडियो भखरै सार्वजनिक गरिएको हो । उनले टेड टकमा आफ्नो विचारलाई यसरी प्रस्तुत गरेका छन्ः

म ५१ वर्षीय कलाकार हुँ । म फिल्ममा २१ वर्ष युवाको व्यवहार गर्छु । म युवाहरुमा सपना बाँड्छु । त्यसैले लाखौँ भारतीयको माया पाएको छु । उनीले मलाई सर्वश्रेष्ठ प्राणी सोच्छन् । यदी तपाईहरु कसैलाई भन्नु हुन्न भने म तपाईलाई बताउँछ म यस्तो छैन । यहाँ धेरै यस्ता मान्छे छन् जसले मेरो काम देखेका छैनन् । उनीहरु प्रति म दुखी छु ।

म १४ वर्षको हुँदा मेरो बुबाको मृत्यु भएको हो । मैले उनको शवलाई गाडीको पछाडिको सिटमा राखेँ । आमा मेरो साथमा हुनुहुन्थ्यो । म गाडी चलाएर अस्पतालबाट बाहिर निस्केपछि उहाँले सोध्नु भयो छोरा तैले गाडी चलाउन कहिले सिकिस् ? मैले भने अहिले भखरै । त्यो रातदेखि म बाँच्ने आधार खोज्न सुरु गरेँ ।

चार वर्ष पहिला मैले र श्रीमतीले तेस्रो वच्चाको मनसाय बनायौँ । तर इन्टरनेटमा हाम्रो १५ वर्षको पहिलो छोरोको बच्चा भनेर दाबी गरियो । उसले रोमानियामा गाडी चलाउँदा एक युवतीलाई गर्भवती बनाएको भन्ने गलत भिडियो प्रस्तुत गरिएको थियो । यस खबरले हाम्रो परिवार धेरै नै दुखी बनेको थियो । मेरो छोरो अहिलो १९ वर्षको भएको छ । उसलाई हेल्लो पनि भन्नु भयो भने उसले फर्केर भन्ने छ तर साथी मसँग यूरोपको चालक अनुमति पत्रै थिएन ।

मैले सामाजिक संजालमा आफ्नो परिचयलाई राम्रो बनाउने कोशिस गरे, जस्तो अरुले पनि गर्ने गर्दछन् । मैले दार्शनिक ट्वीटस गर्न सुरु गरे तर मलाई कन्फ्यसज हुने खालका प्रतिक्रिया आए । जुन प्रतिक्रियाको अर्थ मैले बुझ्न सकेको छैन । जस्तै आरओएफएल, लोल ।

सामाजिक सञ्जालमा कसैले मलाई (ADIDAS) एडिडास लेखर पठाए । म अचम्ममा परेँ । मलाई किन कसैले जुत्ताको नाम लेखेर पठाउँदै छ । त्यसपछि मैले यसको अर्थ १६ वर्षकी छोरीलाई सोधेँ । उसले (ADIDAS) एडिडासको अर्थ बताइ, ‘अल डे आइ ड्रिम एबाउट सेक्स’ मतलब हर दिन म सेक्सको सपना देख्ने गर्छु । म तीन छक परेँ र मैले यसको जवाफ दिएँ ‘डब्ल्यू टि एफ ।’ कतिपय शर्ट फम कहिलै बदलिँदैनन् ।

यो प्राचीन धर्तीका मानिसहरुले मलाई आघाद माया दिएका छन् । मैले उनीहरुसँगबाट सिकेको बल या गरिबीले तपाईंको जिन्दगीलाई धेरै अचम्मको र कम्जोर बनाउन सक्छ । मैले आफ्नो देशबाट सिकेको कुरा जिन्दगीको गरिमा, एक मानवीयता, एक संस्कृति, एक धर्म, एक देश वास्तवमा आफ्नो इमान्दारिता र करुणको क्षमतामा बस्ने गर्दछ ।

मैले सिकेको जो चिज जसले तपाईंलाई अगाडि वढ्नको लागि उर्जा थप्छ, जसले असफलतातिर जानबाट जोगाउँछ, जीवन जिउनमा मद्दत गर्दछ, यो मानवीयताको सबैभन्दा पुरानो र सबैभन्दा सरल कारण हो । र यो प्यार हो ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...