शिखर ईन्स्योरेन्स झन् चढ्दैछ शिखर

Saturday May 13, 2017
वि.सं.२०७४ वैशाख ३० शनिवार ०७:१४

३० बैशाख, काठमाडौँ –
निर्जिवन बीमा कम्पनीहरुमा चुक्ता पूँजी सबैभन्दा धेरै रहेको शिखर ईन्स्योरेन्स(SICL)ले पनि खुद नाफा बढाउँदै प्रति सेयर आम्दानी सन्तुलनमा राख्न सफल भएको छ ।
शिखरले यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड खुद नाफा कमाएर गत बर्षको भन्दा छ करोडले बढाएको छ । उसले खुद बीमा शुल्क आर्जन रकमलाई पनि गत बर्षको भन्दा झण्डै ४५ करोडले बढाएर एक अर्ब १४ करोड नघाएको छ । उसको कुल बीमा शुल्क आर्जन रकम गत बर्षको तेस्रो त्रैमासमा एक अर्ब २८ करोड थियो भने अहिले दुई अर्ब नाघेको छ ।
८१ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २४ करोड छ भने प्रति सेयर आम्दानी ४४ रुपैयाँ कायम भएको छ । बीमा ब्यवसाय आक्रामक रुपमा बिस्तार गर्दै गरेको शिखरले गत बर्ष एफपीओ निश्काशन गरेपछि लगानीकर्तालाई आकर्षक बोनस सेयर दिएको थियो । उसले बीमा समितिले तोकेको चुक्ता पूँजी एक अर्ब पुर्याउन थप १९ करोडको बोनस सेयर दिए पुग्ने अबस्था छ तर त्यतिमै रोकिएला भन्न सकि