Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

आदिवासी जनजाति संस्कृतिमा आधारित चलचित्र ‘शिरफूल’ आउदै

काठमाण्डौँ-   आदिवासी जनजाति संस्कृतिमा आधारित व्यावसायिक चलचित्र ‘शिरफूल’ को सम्पादन भइरहेको छ । पर्फमिङ आर्ट क्रियसन र मगर्स क्रियसन प्रालिको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको व्यावसायिक चलचित्र ‘शिरफूल’ को सम्पादन कार्य अन्तिम चरणमा पुगेको बताएको छ । युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गरेको पहिलो व्यावसायिक चलचित्रको सम्पादनसँगै डबिङको काम पनि लगभग पूरा भएको निर्देशक एक्चैले बताए । चलचित्रको अधिकांश काम पूरा भएको बताइएको छ । म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमलले चलचित्र निर्देशनमा भने ‘शिरफूल’ डेब्यु गरेका हुन् । उक्त चलचित्रमा गायक देव आलेमगर र लोकगायिका नीता पुनमगरले अभिनय गरेका छन् । यो उनीहरुको डेब्यु चलचित्र हो ।

चलचित्रका निर्माता आशीर्वाद पुन मगरले चलचित्र ’शिरफूल’ आदिवासी जनजाति संस्कृतिमा आधारित व्यावसायिक चलचित्र भएको र उक्त चलचित्रबाट आफूले धेरै आशा गरेको बताए । उनले ‘शिरफूल’ मार्फत निर्देशसहित अधिकांश कलाकार चलचित्र क्षेत्रमा डेब्यु गरेकोसमेत बताए । विशेषगरी मगर संस्कृतिमा आधारित यो चलचित्र आधुनिकताको बढ्दो प्रभावसँगै उत्पन्न भएका नयाँ विषयवस्तु तथा समस्यामा आधारित रहेर बनाइएको छ । नारीप्रधान चलचित्र भनिएको उक्त चलचित्रमा गाउँबाट सहर पसेका युवा पुस्तामा आधुनिक मनोवृत्ति देखाइएको निर्देशक कमलले बताए । काठमाडौं, तनहुँ, पोखरा र सोलुखुम्बुको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्र ‘शिरफूल’ मा अभिनेत्री रूपा रानालगायत अधिकांश थिएटर कलाकारले अभिनय गरेका छन् ।

निरोज श्रेष्ठले छायांकन गरेको चलचित्र ‘शिरफूल’ मा विनिता मगर, राज थापा, देव आलेमगर, पूजा गदल, नीता पुन, नमिता तामाङ, विना थापा, लीला गुरुङ, राजु योगिन, सुनिल मगरलगायत अभिनय रहेको छ । चलचित्रको मिलन श्रेष्ठले सम्पादन गरिरहेका छन् भने चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । हरि लम्साल र देवराज आलेको संगीत रहेको चलचित्रमा डिपी खनाल, कृष्ण केसी र राजु थापाले गीत लेखेका छन ्। चलचित्रको फिल्म मोसन नेपाल स्टुडियोमा डबिङ, एडिटिङलगायतका काम भइरहेको छ ।

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र आधुनिकता बीचको सेतु

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र...

वि.सं.२०८२ वैशाख २५ बिहीवार १४:४१

काठमाडौँ । कोलकातास्थित प्रतिष्ठित संगीत संस्था इटर्नल साउण्ड्स LLP ले...

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले जितिन् दुई अवार्ड

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले...

वि.सं.२०८२ वैशाख २३ मंगलवार २०:५६

काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...