CG Electronics
IME Life
NIMB

आदिवासी जनजाति संस्कृतिमा आधारित चलचित्र ‘शिरफूल’ आउदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाण्डौँ-   आदिवासी जनजाति संस्कृतिमा आधारित व्यावसायिक चलचित्र ‘शिरफूल’ को सम्पादन भइरहेको छ । पर्फमिङ आर्ट क्रियसन र मगर्स क्रियसन प्रालिको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको व्यावसायिक चलचित्र ‘शिरफूल’ को सम्पादन कार्य अन्तिम चरणमा पुगेको बताएको छ । युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गरेको पहिलो व्यावसायिक चलचित्रको सम्पादनसँगै डबिङको काम पनि लगभग पूरा भएको निर्देशक एक्चैले बताए । चलचित्रको अधिकांश काम पूरा भएको बताइएको छ । म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमलले चलचित्र निर्देशनमा भने ‘शिरफूल’ डेब्यु गरेका हुन् । उक्त चलचित्रमा गायक देव आलेमगर र लोकगायिका नीता पुनमगरले अभिनय गरेका छन् । यो उनीहरुको डेब्यु चलचित्र हो ।

चलचित्रका निर्माता आशीर्वाद पुन मगरले चलचित्र ’शिरफूल’ आदिवासी जनजाति संस्कृतिमा आधारित व्यावसायिक चलचित्र भएको र उक्त चलचित्रबाट आफूले धेरै आशा गरेको बताए । उनले ‘शिरफूल’ मार्फत निर्देशसहित अधिकांश कलाकार चलचित्र क्षेत्रमा डेब्यु गरेकोसमेत बताए । विशेषगरी मगर संस्कृतिमा आधारित यो चलचित्र आधुनिकताको बढ्दो प्रभावसँगै उत्पन्न भएका नयाँ विषयवस्तु तथा समस्यामा आधारित रहेर बनाइएको छ । नारीप्रधान चलचित्र भनिएको उक्त चलचित्रमा गाउँबाट सहर पसेका युवा पुस्तामा आधुनिक मनोवृत्ति देखाइएको निर्देशक कमलले बताए । काठमाडौं, तनहुँ, पोखरा र सोलुखुम्बुको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्र ‘शिरफूल’ मा अभिनेत्री रूपा रानालगायत अधिकांश थिएटर कलाकारले अभिनय गरेका छन् ।

निरोज श्रेष्ठले छायांकन गरेको चलचित्र ‘शिरफूल’ मा विनिता मगर, राज थापा, देव आलेमगर, पूजा गदल, नीता पुन, नमिता तामाङ, विना थापा, लीला गुरुङ, राजु योगिन, सुनिल मगरलगायत अभिनय रहेको छ । चलचित्रको मिलन श्रेष्ठले सम्पादन गरिरहेका छन् भने चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । हरि लम्साल र देवराज आलेको संगीत रहेको चलचित्रमा डिपी खनाल, कृष्ण केसी र राजु थापाले गीत लेखेका छन ्। चलचित्रको फिल्म मोसन नेपाल स्टुडियोमा डबिङ, एडिटिङलगायतका काम भइरहेको छ ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...