IME Life
NIMB

नेकपा एमाले इलामले तोक्यो उम्मेदवार

NIMB
Himalayan Bank

१० जेठ, इलाम- आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) इलामले १० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ ।

आकाङ्क्षी धेरै भएपछि जिल्ला तहबाट उम्मेदवार छान्न नसकेपछि प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो जेठ ९ गते राति प्रदेश कमिटीले लगाएको हो ।

एमाले प्रचार समिति इलामका सचिव नवराज शङ्करका अनुसार १० वटै तहका प्रमुख र उपप्रमुखको उम्मेद्वारी घोषणासँगै सम्पूर्ण कार्यकर्ता चुनावी प्रचारप्रसारका लागि गाउँगाउँ जान थालेका छन् । एमालेले ८१ वटा वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारी एक साताअघि नै घोषणा गरिसकेको छ ।

एमालेले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा उदय राई, उपाध्यक्षमा शोभा पराजुली, माइजोगमाई गाउँपालिकाको अध्यक्षमा जीतबहादुर राई र उपाध्यक्षमा सावित्रा भट्टराई, सूर्योदय नगरपालिकाको प्रमुखमा आरबी राई र उपप्रमुखमा चित्रकला बराइलीलाई उम्मेदवार घोषणा गरेको हो ।

यसैगरी रोङ गाउँपालिकको अध्यक्षमा बृहस्पति भट्टराई र उपाध्यक्षमा विष्णुमाया खवास, माई नगरपालिकाको प्रमुखमा दीपक थेवे र उपप्रमुखमा विष्णुमाया आचार्य, चुलाचुली गाउँपालिकको अध्यक्षमा प्रदीपचन्द्र राई र उपाध्यक्षको नाम घोषणा हुन बाँकी छ ।

यस्तै माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा हेमन्त राई, उपाध्यक्षमा सुनिता योङहाङ, फाकफोकथुम गाउँपालिकको अध्यक्षमा दीपेन्द्र खनाल र उपाध्यक्षमा सरस्वती राई, देउमाई नगरपालिकाको प्रमुखमा सूर्य पोखरेल र उपप्रमुखमा पविमाया राई र इलाम नगरपालिकाको प्रमुखमा महेश बस्नेत र उपप्रमुखमा सुशीला नेम्वाङलाई उम्मेदवार घोषणा गरिएको हो ।

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...