Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेकपा एमाले इलामले तोक्यो उम्मेदवार

kumari  bank

१० जेठ, इलाम- आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) इलामले १० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ ।

आकाङ्क्षी धेरै भएपछि जिल्ला तहबाट उम्मेदवार छान्न नसकेपछि प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो जेठ ९ गते राति प्रदेश कमिटीले लगाएको हो ।

एमाले प्रचार समिति इलामका सचिव नवराज शङ्करका अनुसार १० वटै तहका प्रमुख र उपप्रमुखको उम्मेद्वारी घोषणासँगै सम्पूर्ण कार्यकर्ता चुनावी प्रचारप्रसारका लागि गाउँगाउँ जान थालेका छन् । एमालेले ८१ वटा वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारी एक साताअघि नै घोषणा गरिसकेको छ ।

एमालेले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा उदय राई, उपाध्यक्षमा शोभा पराजुली, माइजोगमाई गाउँपालिकाको अध्यक्षमा जीतबहादुर राई र उपाध्यक्षमा सावित्रा भट्टराई, सूर्योदय नगरपालिकाको प्रमुखमा आरबी राई र उपप्रमुखमा चित्रकला बराइलीलाई उम्मेदवार घोषणा गरेको हो ।

यसैगरी रोङ गाउँपालिकको अध्यक्षमा बृहस्पति भट्टराई र उपाध्यक्षमा विष्णुमाया खवास, माई नगरपालिकाको प्रमुखमा दीपक थेवे र उपप्रमुखमा विष्णुमाया आचार्य, चुलाचुली गाउँपालिकको अध्यक्षमा प्रदीपचन्द्र राई र उपाध्यक्षको नाम घोषणा हुन बाँकी छ ।

यस्तै माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा हेमन्त राई, उपाध्यक्षमा सुनिता योङहाङ, फाकफोकथुम गाउँपालिकको अध्यक्षमा दीपेन्द्र खनाल र उपाध्यक्षमा सरस्वती राई, देउमाई नगरपालिकाको प्रमुखमा सूर्य पोखरेल र उपप्रमुखमा पविमाया राई र इलाम नगरपालिकाको प्रमुखमा महेश बस्नेत र उपप्रमुखमा सुशीला नेम्वाङलाई उम्मेदवार घोषणा गरिएको हो ।

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा हलचल, बिचौलिया आक्रोशित

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:३७

काठमाडौं । सेयर बजारका केही खेलाडीहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको...

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले...

वि.सं.२०८२ जेठ ७ बुधवार २३:०२

  काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार...

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:४७

  काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा...

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक : महासंघ अध्यक्ष ढकाल

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक :...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:२६

  काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले...

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१२

  काठमाडौं । उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी...

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार २१:२६

  काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा...